मानव सेवा आश्रम बागलुङमा एचआईभी परिक्षण

आदर्श अनलाइन,बागलुङ

मानव सेवा आश्रम बागलुङ शाखाको संरक्षणमा रहेकाहरुको एचआईभी परिक्षण गरिएको छ ।

धौलागिरी अञ्चल अस्पताल र धौलागिरी पोजेटिभ समुहको प्राविधिक सहयोगमा एचआईभी परिक्षण गरिएको हो ।

मानव सेवा आश्रम बागलुङले सहारा गुमाएर सडकमा पुगेका ४० जना व्यक्तिलाई पालनपोष गरिरहेको छ । सडकमा व्यवारिसे अवस्थामा रहेका व्यक्तिहरु रहेकोले उनिहरुको स्वास्थ्य अवस्था वारे सजक रहन आश्रमका अभिभावक तथा अधिवक्ता राम शर्माको संयोजनमा परिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

शारीरिक र मानसिक दुवैरुपमा अशक्त व्यक्तिलाई पनि सडकबाट उद्धार गरी आश्रममा ल्याउने गरिएको छ ।

आश्रमले सहारा विहीन बनेका व्यक्तिको उद्धार, उपचार, पालनपोषण र पारिवारिक मिलन गराउने गरेको छ । सडकमा व्यवारिसे वस्नेमा सक्रमणको जोखिम वढी भएकोले एचआईभी परिक्षण गरेको आश्रमका सयोजक सुमिरा लामाले वताउनु भयो ।

मानिसक रोगबाट ग्रसित व्यक्तिको उपचारका लागि मानसिक रोग विशेषज्ञलाई नै आश्रममा बोलाउने गरिएको छ । पछिल्लो समय बागलुङमा एचआईभी संक्रमितहरु खूल्न थालेको धौलागिरीपोजेटिभ समुहका अध्यक्ष चन्द्र वहादुर खत्रीले वताउनु भयो ।

विसं २०७३ चैतमा खुलेको आश्रमले आठ जना बेवारिसे अवस्थामा पुगेका व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराएको छ । बागलुङ राख्न नसकिने अवस्थाका केहीलाई पोखरा आश्रममा पनि पठाएको छ । कडा मनोरोगी, अस्वभाविक व्यवहार गर्ने व्यक्तिलाई आश्रममा राख्ने कार्य चुनौतीपूर्ण रहेको अभिभावक शिव खड्काले वताउनु भयो ।

सडकमा बेवारिसे बनेका कतिपय भारतीय नागरिकलाई पनि आश्रमले उद्धार गरेको छ । मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले सहाराविहीन बनेका व्यक्तिलाई आश्रम सारथी नै बनेको छ । आश्रम सञ्चालनको लागि देशविदेशमा रहेका नेपालीले आर्थिक सहायता प्रदान गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *