काठेखोलाका १२ बर्षिया बालिका एक सातादेखि बेपत्ता

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका एक बालिका एक सातादेखि बेपत्ता भएकी छिन् ।

स्थानीय नरबहादुर चर्माकार र ममिकला चर्मकारकी १२ बर्षिया छोरी सन्ध्या बोसेल गत मघ १७ गतेदेखि बेपत्ता हुनुभएको हो । बोसेल रेशको रेश नुन्थला माविमा कक्षा ५ मा अध्ययनरत छात्रा हुनुहुन्छ ।

स्कुलबाट घर फर्किए पछि आमाले कानमा लाउने टपका बिषयमा सामान्य सम्झाई बुझाई गरेको र अचानक सम्पर्कविहिन भएको बुवा नरबहादुर चर्माकारले आदर्श अनलाइनलाई बताउनुभयो । रेशबाट सम्पर्कविहिन हुनुभएकी सन्ध्यालाई सोही दिन साँझ खहरेखोला सम्म आएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, त्यस यता आफन्तकहाँ सबै क्षेत्रमा सम्पर्क गरिए पनि फेला नपरेको उहाँले बताउनुभयो ।

यसबारेमा खोजीका लागि सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत निवेदन दिइएको छ । १२ बर्षकी छोरी बेपत्ता भए पछि चर्माकार परिवार तनावमा परेका छन् । उनीहरुले खोजी कार्यमा आवश्यक सहयोग गरिदिन सबैसँग अपिल समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *