ढोरपाटन नगरका ६ वडामा बाख्रापालन र बिक्रीका लागि समिति

सुमन सुनार, बुर्तिबाङ

राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहरभवन ललितपूरले बुधबार ढोरपाटन नगरपालिकामा रहेका बाख्रापालक कृषकहरुसंग अन्तरक्रिया गरेको छ ।

राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयद्धारा सञ्चालित आत्मनिर्भरताका लागि खसी, बोका उत्पादन तथा बजारिकरण कार्यक्रम अन्तर्गत ढोरपाटन नगरपालिकाका बाख्रापालक कृषकहरुसँग खसी बोका उत्पादनको अवस्था, सम्भावना, समस्या र स्थानीय सरकारको भुमिका लगायतका बिषयमा अन्र्तक्रिया गरिएको हो ।

परम्परागत रुपमा बाख्रा पालन गर्दै आएका कृषकहरुलाई व्यवसायिक रुपमा पालन र बिक्री गर्दै रोजगारीको सृजना गर्ने र न्यून आय भएका कृषकहरुको आयस्तरमा बृद्धि गरी जिविकोपार्जनमा समेत योगदान पु¥याउने अभिप्रायले कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

सोही अवसरमा ढोरपाटन नगरपालिकाका विभिन्न वडामा खसी बोका उत्पादन तथा बजारिकरण कार्यक्रम मुल समिति गठन गरिएको छ । जसअन्तर्गत वडा नं. २, ३, र ४ मा आत्मराम चालिसेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्णकुमार घर्ति मगर, सचिवमा खेमराज कँडेल, कोषाध्यक्षमा गंगाबहादुर कार्की रहनुभएको छ ।

यस्तै वडा नं. ५, ६ र ७ मा देविराम सापकोटाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा देबेन्द्र घर्ति मगर, सचिवमा खेम राज कँडेल, कोषाध्यक्षमा बलमान अदै रहनुभएको छ । नवगठित समितिको पहिलो बैठकले आर्थिक कारोबारका लागि बैंक खाता खोल्ने, वडा नं. २, ३ र ४ को समितिको बैठक हरेक महिनाको पहिलो शनिबार बस्ने र सम्पर्क कार्यालय अर्को व्यवस्था नभए सम्म ढोरपाटन नगर कार्यपालिकाको कार्यालयमा राख्ने निर्णय गरेको छ । वडा नं. ५, ६ र ७ को समितिको बैठक भने महिनाको अन्तिम शनिबार बस्ने र सम्पर्क कार्यालय वडा नं. ५ को सहिखोलामा राख्ने निर्णय गरेको छ ।

राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका पशु विकास अधिकृत गौरीशंकर सिंहको विशेष उपस्थिति र ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीको बिशेष आतिथ्यता रहेको भेला तथा अन्र्तक्रियामा नगर स्तरका ४० भन्दा बढि बाख्रापालक कृषकहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारको १० नमुना सहर विकास आयोजना अन्तर्गत छनोटमा परेका १० वटैै स्थानमा राष्ट्रिय पशुपंक्षी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयले आत्मनिर्भरताका लागि खसी बोका उत्पादन तथा बजारिकरण कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत आहार, नश्लसुधार, गोठ सुधार लगायतका विशेष कार्यक्रम गरिने राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका पशु विकास अधिकृत सिंहले जानकारी दिनुभयो । कार्यक्रमले आगामी ५ वर्ष भित्र कृषकहरुले बैज्ञानिक ढंगले बाख्रा पालन गर्नेे र व्यवसायमा व्यवसायिकरण हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

कार्यक्रम मार्फत उत्पादनमा बृद्धि गरी मासु उपभोगका लागि खसी बोका आयातलाई प्रतिस्थापन गर्ने नेपाल सरकारको लक्ष्यमा टेवा पुग्ने अपेक्षा गरिएको छ । जग्गा जमिन थोरै भएका, न्यून आय भएका कृषकहरुले सजिलै पाल्न सक्ने भएृकाले बाख्रालाई गरिवको गाई र तत्काल पैसाको खाँचो टार्न तुरुन्त बिक्री गर्न सकिने भएकाले कृषकको बैंक समेत भएको भन्दै बाख्रा पालन व्यवसाय कृषकहरुका लागि अन्य भन्दा बढि फलदायी हुने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *