बागलुङमा पनि २४ घण्टामै ‘स्मार्ट स्कूल’ !

आदर्श अनलाइन, बागलुङ

प्रविधिको प्रयोगबाट धेरै समय लाग्ने काम एकै क्षणमा गर्न सकिन्छ । अब प्रविधिको यथोचित रुपमा उपयोग गर्न जाने सिंगो स्कुल या कार्यालय या व्यवसाय एउटा मोवाइल या एपबाटै चलाउन सकिने डिजिटल जमाना छ ।

बगालुङमा पनि चार वर्ष पहिला नेपालमा विकसित भएको ‘स्मार्ट स्कूल’ नामक सफ्टवयरको प्रयोग प्रभावकारी बन्दै गएको बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

कोड लजिक टेक्नोलोजी प्रालि काठमाण्डौंले तयार गरेको स्मार्ट स्कुल एपले शिक्षाको गुणस्तर वृद्धि गर्नुका साथै अभिभावक र विद्यालयको दुरि कम गराउन उल्लेख्य सघाउ पु¥याउने अपेक्षा गरिएको छ । तर, मुख्य सम्बन्ध र चासो राख्ने स्कुल, स्थानीय सरकार र सरोकारवालालाई अझै प्रयाप्त मात्रामा यसको महत्व बुझ्न र बुझाउन नसकिएको स्मार्ट स्क्ुलका अवधारणाकर्ता कोड लजिक टेक्नोलोजी प्रालिका मार्केटिङ म्यानेजर जयबहादुर मल्ले बताउनुभयो ।

स्कूलको तथ्याङ्क, शिक्षक, विद्यार्थीको पुरा विवरण सहित भरेको स्मार्ट स्कूल सफ्टवयर विद्यालयमा लागु गरेको २४ घण्टामै विद्यालय स्मार्ट बनाउन सकिने गरि सफ्टवयर डिजाईन गरिएको मल्लको भनाई थियो । ‘शुरुमा नीजि विद्यालयलाई लक्षित गरेर निर्माण गरेको स्मार्ट स्कूलको प्रभावकारी कार्यान्वयन सँगै सामुदायिक विद्यालयमा समेत रुचाउन थालिएको छ,’ मल्लले भन्नुभयो,‘थोरै शुल्कमा धेरै जानकारी प्रदान गर्ने उक्त सफ्टवयरले विद्यालय तथा विद्यार्थीका हरेक गतिविधि अभिभावकले प्रत्यक्ष निगरानी गर्न सक्नेछन् ।’ मल्लका अनुसार, स्मार्ट स्कूलमा विद्यार्थीको दैनिक हाजिरी, गृहकार्यको विवरण, सूचना, स्कूलको शुल्क, रिजल्ट लगायतका सुचना घर घरमै हात हातमै आउनेछ । यातयातको साधन प्रयोग गर्ने विद्यालयले गाडी कहाँ, कुन गतिमा छ भन्ने पनि जिपिएस प्रणालीबाट जानकारी लिन सक्नेछन् । स्मार्ट स्कुलका कारण विद्यालय पुग्न नसक्ने अभिभावकले जुनसुकै स्थानबाट आफ्नो छोराछोरीको बिवरण हेर्न मिल्नेछ । प्रविधिको प्रयोग, समयको बचत तथा न्युनतम शुल्कमा स्मार्ट स्कूल बनाउन सकिनेछ ।

स्मार्ट स्कूल लागु गर्नका लागि प्रत्येक बिद्यार्थीलाई बार्षिक १ सय रुपैयाँ मात्र खर्च लाग्ने स्मार्ट स्कूलका जिल्ला प्रतिनिधी सज्जनकुमार सिंहले जानकारी गराउनुभयो । ‘स्थानीय सरकारले सहयोग गरेका ठाउँमा त्यसको खर्च अभिभावकलाई लाग्दैन,’ सिंहले भने, ‘बिद्यालय आफैले पहल लिएर गरेको अभियान हो भने भ्याट सहित जम्मा बार्षिक १ सय १३ रुपैयाँ लाग्नेछ ।’ हाल सम्म बागलुङका ११ वटा नीजि तथा सामुदायिक विद्यालयमा स्मार्ट स्कूल लागु भइसकेको छ भने अन्य विद्यालयमा स्मार्ट स्कूलको सम्झौता भइरहेको सिंहले बताउनुभयो । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको ६ वटा माध्यामिक विद्यालयमा समेत लागु भइसकेको छ । स्मार्ट स्कुलको प्रयोगबाट अभिभावकले आफ्ना बालबालिकाको बिभिन्न बिवरण, सुचना सहित तथ्याङ्क समयमै पाउने हुनाले शैक्षिक गुणस्तर र नतिजामा उल्लेख्य सुधार हुने प्रालिको दावी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *