बागलुङमा हात्तीपाइले रोग बिरुद्वको ११ औं चरणको अभियान शुरु

आदर्श अनलाइन,बागलुङ

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बागलुङमा आजदेखि फेरि शुरु भएको छ ।

हात्तीपाइले रोग निवारणका लागि गरिएको एक दशकदेखिको प्रयास विफल भएपछि पुनः अभियान थालिएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर १२ को नारायणस्थानमा हात्तीपाइलेको संक्रमण देखिएपछि कार्यालयले जिल्लाभरका नागरिकलाइ हात्तीपाइलेको औषधि खुवाउन थालेको हो ।

क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको निवारण हुन कम्तीमा एक प्रतिशतमा आइपुग्नुपर्छ तर नारायणस्थानमा केही वर्षअघि ३ प्रतिशत रहेकामा घटेर २ दशमलब ३ प्रतिशत पुगेको थियो । गत वर्षदेखि फेरि बढेर झण्डै ५ प्रतिशतमा उक्लेपछि औषधि खुवाउने अभियान सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।

शनिवारदेखि सञ्चालित अभियानको जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तलाई औषधि खुवाएर शुभारम्भ गरिएको छ । स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा खुवाइने हात्तीपाइले बिरुद्धको औषधि खुवाउने अभियान केही दिन सम्म जारी रहने बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । नगरपालिका र जिल्लाभर आफुलाई पायक पर्ने स्थान र केन्द्रमा पुगेर हात्तीपाइले को औषधि खान सकिने व्यवस्था गरिएको खनालले जानकारी दिनुभयो ।

एकसाथ औषधि खाँदै स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौं, धौलागिरी अस्पतालका मेसु शैलेन्द्र बि पोखरेल लगायत ।

विश्वका केही देशमा निवारण भएपछि धेरैजसो देशमा अझै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । त्यसैले विश्वका ७१ मुलुकमध्ये ५० देशमा यो औषधि खुवाउने काम भइरहेको छ । लामखुट्टेले संक्रमितलाई टोकेपछि सार्ने भएकाले जोसुकै मानिस संक्रमणको जोखिममा रहन्छन् । तत्काल लक्षण नदेखिने भएकाले लामो समयपछि मात्र थाहा हुन्छ । हात, खुट्टा सुनिने, शरीरका जुनसुकै स्थानमा संक्रमण देखिने, अण्डकोशहरू सुनिएर हाइड्रोसिल हुने जस्ता समस्या यो रोगमा हुने गर्छ । औषधि खाएपछि कम्तीमा १ वर्षका लागि सर्ने समस्या नहुने भएकाले निवारणको अवस्थामा लैजान पुनः पहल गरिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन यम बरालले बताउनुभयो ।

औषधि खुवाउने काममा कार्यालयले स्वास्थ्यकर्मीनै खटाएको छ । पहिलो दिनमा तोकिएका खोप केन्द्रमा र दोस्रो दिनदेखि खोजी गरेर सबै नागरिकलाई औषधि खुवाउने कार्यक्रम तय गरिएको छ ।
मुटुको रोगी, कलेजी रोगी, गर्भवती महिला, ५ वर्ष मुनिको कुपोषित बालबालिका, २४ घण्टा भित्र ज्वरो नआएको व्यक्तिलाई हात्तिपाइलेको खुवाउन नहुने चिकित्सकहरुले बताएका छन् ।

हात्तीपाइले लिमफयटिक फाइलेरिया ब्लडमा हुने जुगाँ हो । यो फाइलेरिया मानव शरिरमा भएको खण्डमा महिलाको स्तन सुन्निने, हातखुट्टा सुनिन्ने हुन्छ । विश्व स्वास्थ्य संगठन सन् १९९७ मा नै हात्तीपाइले रोगीको प्रकोपदर एक प्रतिशत भन्दा कम बनाउने जनाएको थियो । विश्वामा यो औषधि खुवाउने अभ्यास चीनले गरेको थियो । औषधिले राम्रो नतिजा देखाएको कारण अन्य देशमा पनि हात्तीपाइले रोगको औषधि खुवाउन सुरु गरिएको हो ।

हात्तीपाइले रोगको सर्वे गर्दा विश्वमा १ प्रतिशत भन्दा बढी ९० वटा देशमा यो रोगको बिरामी देखिएको थियो । यसै अनुरुप नेपालले पनि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य सहित २००३ मा कार्यक्रम सुरु गरेको हो । चीन र दक्षिण कोरियाले २००७ र श्रीलंकाले गत वर्ष नै हात्तीपाइले रोग निवारण घोषणा गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *