पोखरा हिडेको बसको ठक्करबाट पर्वतमा पैदलयात्रीको मृत्यु

आदर्श अनलाइन, पर्वत

पर्वत सदरमुकाम कुश्मा बजार स्थित शिवालयचोकमा वसको ठक्करवाट एक युवाको मृत्यु भएको छ ।

मुस्ताङबाट पोखराका लागि हिडेको ग १ ख ७००३ नम्वरको वसले कुश्माबजार स्थित शिवालयचोकमा आइतवार पैदल यात्रीलाई ठक्कर दिएको थियो । जसबाट पर्वतकै मोदी गाउँपालिका वडा नं. ४ लेस्पारका ३४ वर्षिय डिलबहादुर पुनको मृत्यु भएको हो ।

बसको ठक्करवाट गम्भीर घाईते भएका पुनलाई जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बसका चालक र बस भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ । मृतक पुनको शब पोष्टमार्टम पछि परिवारलाई बुझाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *