भाडा धुन जादा ४ बर्षिय बालिकाको मृत्यु

आदर्श अनलाईन, बागलुङ
जिल्लाको बडिगाड गाउँपालिकामा आमासङ्गै भाडा धुन गएकी बालिकाको खोलाले बगाएर ज्यान गएको छ ।

बडिगाडको वडा नम्बर ५ ग्वालीचौरमा घर नजिकै आफ्नी आमासङ्ग भाडा धुन गएका बखत खोलाले बगाएर ४ बर्षिया सिजन बिकको मृत्युु भएको हो ।

स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेर २ सय मिटर तल बगाएको र तत्काल उद्दार गरि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारका लागि लैजाने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *