जो पोखरा सेती नदीको खोँचमा खसेर पनि बाँचे

आदर्श अनलाइन, पोखरा

विहान केही समय एक युवा सेती नदीको खाँेचमा खसेको खबरले देश तरंगित भयो ।

केही दिन अघि कुकुर सेती नदी खोँचमा परेका कारण आज विहान कुकुरको उद्धारको लागि पानीको वोतल लिएर सेती नदीको किनारामा कुकुरको उद्धारका लागि युवक त्यहाँ पुगेका थिए ।
कुकुरको आवाज सुन्दै हिड्ने क्रममा एकाएक चिप्लेर खोचमा परी वेपत्ता भएका करिब ३० बर्षीय आकास गुरुङको प्रहरीको रेस्क्यू टोलीले सकुशल उद्धार गरेको हो ।

रेस्क्यू प्रहरीको टोलीले उद्धारमा खटिएको करिब एक घण्टामै गुरुङ र उनको कुकुरको सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी यादव ढकालले बताए । सेतीनदीको खोंचमा झर्न पुगेका गुरुङको उद्धार पछि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सामान्य उपचार पश्चात आफन्तलाई बुझाइएको उनले जनाए । उनको शरीरमा लछारेको सामान्य डाम छ ।

पश्चिम क्षेत्रिय प्रहरी मुख्यालय गणको रेस्क्यू टिमले सेतीनदीको करिब ७० मिटर तलबाट डोरीको सहायताले गुरुङलाई उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक विजय भण्डारीले बताए । उनले भने “ समयमै हामीले सुचना पाउन सफल भयौं, उद्धारमा खटिदा भाग्य बस आकास सेतीनदीको पानीको सतह भन्दा केही मिटर माथि केही खाली भागमा पर्नु भएछ र कराउनु भयो, त्यसले गर्दा उद्धार गर्न सहज भयो । ”

गुरुङले बिहान पानीको वोतल लिएर कुकुरको खोजी गर्न हिडे पनि उनी खसेको माथिको भागमा पानीको वोतल देखेर स्थानियले मानिस खसेको हुन सक्ने आशंकामा केही समय तलबाट आवाज आउछ कि भन्दै कोही छ तल भन्दै गरे पछि तलबाट आवाज आएसंगै प्रहरीलाई खबर गरेका थिए ।

म्याग्दी घर भएका गुरुङ भूपू। ग्यारेजमा काम गर्दै आएका छन्। आफु ठुलो कालबाट बच्न सफल भएकोमा उद्धार टोली प्रति आभार व्यक्त गरेका छन्। यसअघि पनि पोखराको सेतीनदी खोँचमा परी केही व्यक्तिको सफल सकुशल उद्धार गरिएको छ भने केही अझै गुमनाम छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *