आजबाट अन्तरविद्यालय स्तरिय फुटबल प्रतियोगिता

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले आयोजना गरेको दोस्रो अन्तर विद्यालय (+२) स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

विद्यालयले सोमबार प्रतियोगिताको समय तालिका (टाइसेट) प्रकाशित गरेको छ । टाइसेट अनुसार आज हुने उद्घाटन खेल आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल (सेतो) र अमृत आदर्श एकेडेमि खेल्ने भएका छन् । यस्तै आजकै दोस्रो खेल गणेश माध्यमिक विद्यालय बलेवा विरुद्ध फ्युचर ब्राइटर बोर्डिङ विच हुनेछ ।

फागुन ३ गतेसम्म संचालन हुने प्रतियोगिता बागलुङका १४ विद्यालयका १५ टिमले सहभागिता जनाउने प्रतियोगिताका व्यवस्थापक भानु आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक चिल्ड्रेन लाईफ बोर्डिङका २ टिम, अमृत आदर्श एकेडेमी, गणेश मावि बलेवा, फ्युचर बोर्डिङ, न्यू ओयसिस, पृथ्वी मावि बलेवा, न्यू एभरेष्ट एकेमेडी, अमृत आदर्श आवासिय मावि, विद्यामन्दिर मावि, सिदार्थ शिक्षा सदन, भिमसेन माध्यमिक विद्यालय, डिग्नीटि कलेज, रुद्रेपिपल माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

विद्यार्थीहरुले पढाईको साथसाथै अतिरिक्त क्रियाकलाप अन्तरगत फुटबल खेलबाट आफ्नो प्रतिभा प्रस्फुटन गराउन सक्ने विश्वासका साथ प्रतियोगिताको आयोजना गरिएको स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नयाँ खेलाडीहरुको खोजी गरि उनीहरुको खेल कौशललाई निखार्न प्रतियोगिताले महत्वपूर्ण योगदान दिने अपेक्षा लिएको बताउनुभयो ।

उहाँले विद्यालयहरु विचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्नको लागि विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको जनाउनुभयो । प्रिन्सिपल श्रेष्ठले विद्यालयलाई खेलकदुको माध्यमबाट परिचित र स्थापित गर्दै लैजानको लागि र खेलाडीहरुलाई प्रशिक्षणबाट पूर्ण व्यवसायिक बनाउँदै फुटबल खेलको विकास गर्न प्रतियोगिताले सहयोग पु¥याउने बताउनुभयो । उहाँले खेलकुदबाट समाजमा सकरात्मक सन्देश प्रवाह गर्न र नेपाल सरकारले घोषणा गरेको पर्यटन भ्रमण बर्ष सन् २०२० लाई सफल पार्न सहयोग पु¥याउने अपेक्षा लिइएको बताउनुभयो ।

चिल्ड्रेन लाईफ स्पोटर्स क्लब सहआयोजक रहेको प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेलमैदानमा हुने छन् । नकआउट चरणमा हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने स्कुलले जनाएको छ । प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *