जैमिनीका मेयरले पनि लिए टेबलमै चढेर सलामी, सर्वत्र आलोचना

आदर्श अनलाइन, जैमिनी

शनिबार बाग्लुङको जैमिनी नगरपालिकामा प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोह थियो। समारोहका प्रमुख अतिथि थिए मेयर इन्द्रराज पौडेल।

बिहान १० बजे नै मेयर पौडेल प्रतियोगिता स्थलमा पुगे। त्यतिञ्जेल त्यहाँ उद्घाटन समारोहको तयारी हुँदै थियो। आयोजकले प्रतियोगिताबारे र उद्घाटनको शैलीबारे मेयरलाई जानकारी गराइरहेका थिए।

त्यतिकैमा एक लाम विद्यार्थी मार्च पास गर्दै मेयरतिर लम्किँदै आए। प्रतियोगितामा भाग लिने खेलाडी पनि लाम लागे। खेलाडीहरु प्रमुख अतिथिलाई सलामी दिने तर्खरमा थिए। त्यसपछि प्रमुख अतिथिले पनि खेलाडीलाई सलामी फर्काउनुपर्छ भन्ने कुरा आयो। त्यतिञ्जेल मेयर पौडेलको खुट्टा जमिनमै थियो।

जिल्लाबाट आमन्त्रित खेल रेफ्री र प्रशिक्षकले खेलाडीलाई जमिनमा टेकेर सलामी फर्काउन नमिल्ने कुरा राखे। त्यसो गर्दा खेलाडीहरुको अपमान हुने प्रशिक्षहरुले तर्क राखे पछि मेयर पौडेलले टेबलमै चढेर सलामी ग्रहण गर्नुभयो । यस्तो प्रवृत्ति राजा महाराजाका पालामा हुने र अहिलेका जनप्रतिनिधिले पनि सोही प्रवृत्तिलाई आत्मसाथ गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । बिशेष गरि सामाजिक सञ्जालमा यसको चर्को आलोचना भएको छ ।
आयोजक र रेफ्रिको बिशेष आग्रह स्वीकार गर्दा यस्तो परिस्थिति सिर्जना भएको मेयर इन्द्रराज पौडेलले आदर्श अनलाइनलाई बताउनुभयो। सुरुमा त मैले भुँइमै एउटा कपडा बिछ्याएर गरौं भने तर फेरि उहाँहरुले अलिक उचाइमै चढ्नुपर्छ भनेपछि म टेबलमा चढेको हुँ,ु मेयर पौडेलले भन्नुभयो।

मेयर पौडेलले टेबुलमा उभिएर खेलाडीहरुलाई सलामी फर्काए। रेफ्रीहरुको कुरा मान्दा सामाजिक सञ्जालमा त्यसको गलत अर्थ लागेको भन्दै उहाँले आगामी दिनमा यस्तो कुरामा आफू सचेत हुने बताउनुभयो। फेरि यस्तो परिस्थिति आयो भने बरु जमिनमै टेक्छु तर टेबलमा चढ्दिनँ, उहाँले भन्नुभयो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *