अन्तर्राष्ट्रिय कार्यशालामा आएका मूर्तिकारलाई बागलुङमा भव्य स्वागत

आदर्श अनलाइन, बागलुङ

जिल्लाको गल्कोटमा भोली देखि शुरु हुने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा सहभागी हुन बिदेशका चर्चित मूर्तिकार बागलुङ आएका छन् ।

आइतबार ११ देशका १५ जना विदेशीसहित नेपाली कलाकारलाई बागलुङ कालिका मन्दिरमा भव्य स्वागत गरिएको छ ।

जिल्ला समन्वय समिति, बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, कालिका भगवती गुठी, बागलुङ पर्यटन विकास समिति, गल्कोट समाज तथा बागलुङ कालिका भजन किर्तन समूहले माला, खादा,टीका लगाई स्वागत गरेका छन् । समारोहमा मूर्तिकारले कालिका मन्दिरको दर्शन समेत गरेका थिए ।

कालिका मन्दिरको अवलोकन पश्चात विदेशी तथा नेपाली मूर्तिकारलाई कालिका मल्टिप्यालेसको सभाहलमा आयोजित विशेष समारोहमा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले स्वागत समारोहमा बागलुङको कला यात्रा र बसाई स्मरणीय रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बागलुङमा विदेशी तथा स्वदेशी आधुनिक मूर्तिकारहरुको आगमन र गलकोटमा बन्ने खुल्ला संग्राहलयले पर्यटन विकासमा नयाँ आयाम थपिने बिश्वास व्यक्त गर्नुभयो ।


गल्कोट कला प्रतिष्ठानको संयोजनमा गल्कोटमा हुने कार्यशालाको सोमवार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने कार्यक्रम छ । कार्यशाला आगामी फागुन २१ गते औपचारिक रुपमा समापन हुने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

preload imagepreload image