प्रतिबन्धित नेकपाको युवा सङ्गठन म्याग्दीका अध्यक्ष पक्राउ

आदर्श अनलाईन, बागलुङ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको युवा सङ्गठन, म्याग्दीका अध्यक्ष मालिका गाउँपालिका–१ निस्कोटका २६ वर्षीय धनबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले पक्राउ गरेको छ ।

पुनलाई फागुन ८ गते बागलुङ कालिका मन्दिर नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

पुनले म्याग्दी र पर्वत संगै बागलुङका उद्योगी व्यवसायीलाई धम्की दिएर चन्दा असुली गर्ने, एनसेलका टावर, सडक मर्मतका लागि राखिएका सामाग्रीमा आगजनी गर्ने गरेको भट्टले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *