डरलाग्दो दुर्घटना: म्याग्दीमा पुलको लठ्ठा छिनाल्दै जिप खस्यो

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–२ को हाडेभिरमा शुक्रबार दिउँसो म्याग्दी खोलामा जिप खसेको छ ।

बेनी देखि बगरफाँट जादै गरेको ग १ ज ६७९८ नम्बरको टाटासुमो जिप मंगलाघाट पारिको भिरबाट म्याग्दी नदीमा खसेको हो ।

दुर्घटनामा जिपका चालक बागलुङको काठेखोला गाउपालिका–४ लेखानी घर भई हाल बेनी–२ बगरफाँट बस्ने ३६ वर्षीय डम्मर श्रीस घाइते भएको प्रहरीले जनाएको छ । घाइते खतरामुक्त भएको बेनी अस्पतालले जनाएको छ । तिब्र गतिमा गुडेको जिप सडकको डिलबाट बिचमा रहेको झोलुङ्गे पुलको लठ्ठा छिनालेर खोलामा खसेको प्रत्यक्षदर्शी लक्ष्मण कटुवालले बताउनुभयो ।

सडकबाट करिब पचास मिटर तल खसेको जिपको चालक बस्ने अगाडीको भाग डुबेको थिएन् । स्थानीयबासी र प्रहरीले तत्कालै उद्धार गरेर बेनी अस्पतालमा लगेका थिए । जिपमा चालक एक्लै थिए ।

बेनी–पोखरा रुटमा चल्ने चालक गाडी लिएर डेरातर्फ जादै थिए । चिप्लो र ओरालो सडकमा तिब्र गतिका कारण अतियन्त्रित भएर खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

जिप खस्दा १३२ वर्ष पहले विस १९४४ मा स्थानीय प्रविधि र स्रोत साधन प्रयोग गरी बनाइएको झोलुङ्गे पुलको लठ्ठामा बज्रीएर जिपबाट लठ्ठा फुत्किएको छ ।

बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर बनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयवासीको पुलमा काम गर्ने सीपलाई प्रयोग गरी म्याग्दी खोलामा वारपारको लागि बनाएको यो पुल जिल्लाकै पुरानो मानिन्छ । काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठा बनाएर खोलामा वारपारका लागि हालिएको झोलुङ्गेलाई गत वर्ष बेनी नगरपालिकाले मर्मत गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *