जेसीबी दुर्घटना हुँदा सहचालक घाइते

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको जैमिनि नगरपालिका–३ बाँसखानीमा जेसीबी दुर्घटना हुँदा सहचालक घाइते भएका छन् ।

शनिबार विहान बा.१ क. ८९६१ नम्बरको चेनवाला जेसीबी स्टार्ट गरी इन्जिन तताउँने क्रममा सडकबाट अचानक ३ सय मिटर तल खस्दा सहचालक १७ वर्षीय सागर थापा घाइते भएका हुन ।

घाइते भएका थापाको अनुहारमा चोट लागेको प्रहरी चौकी कुश्मिशेराका प्रहरी सहायक निरिक्षक हिरा बहादुर केसीले बताउनुभयो । घाइते थापाको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *