एसके थकाली, मुस्ताङ
महामारीको रुपमा विश्वभर फैलिई रहेको कोरोना भाइरस रोक्न मुस्ताङमा पूजा गरिएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ घिलिङ गुम्बा र घरपझोङ गाउँपालिका ४ जोमसोमको चेछेन कुंगा छेक्र्योरलिङ गुम्बामा कोरोना भाइरसको पूजा गरिएको हो ।
रोग चाँडै निको हुने विश्वासका साथ जोमसोममा ३ दिन अघिदेखि एक दर्जन लामाले नियमित पूजा गरिरहेको छन् । कोरोना भाइरसको कारण २ हजार बढीले ज्यान गुमाई सकेका छन् ।