बागलुङ नगर स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ बजारको बांगेचौर खेल मैदानमा शुरु भएको छ ।

बागलुङ नगरपालिकाको आयोजना, धौलागिरी वहिरा आवासिय माध्यमिक विद्यालयको व्यवस्थापन, प्याब्सन बागलुङ र एनप्याब्सन बागलुङको समन्वयमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै नगर प्रमुख पौडेलले चौतर्फी विकासका लागि खेल अपरिहार्य भएको र यसको विकासका लागि प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । बागलुङ जिल्लामा खेल क्षेत्रको विकास गर्नका लागि यस्ता प्रतियोगिता मार्फत खेलाडी पहिचान र पहिचान गरिएका खेलाडीको क्षमता विकास गराउनुपर्नेमा जोड दिनुभयो ।

तीन दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन १५ सय मिटर छात्र/छात्रा दौड प्रतियोगिता, सटफुट, ज्याब्लिङ थ्रो, लङजम्प प्रतियोगिता सम्पन्न भएको छ ।

१५ सय मिटरको छात्र दौड प्रतियोगितामा सिगाना माध्यामिक विद्यालय तित्याङका सुदिप सुवेदी प्रथम, त्रिभुवन माविका प्रदिप हरिजन द्धितिय र पृथ्वी माविका हेमन्त पौडेल तृतिय भएका छन् ।

यस्तै, छात्रा तर्फ सिगाना माध्यामिक विद्यालयकी आरती जिसी प्रथम, जनताधन माध्यामिक विद्यालयकी अनुसा पौडेल द्धितिय र त्रिभुवन माविकी जयन्ती केसी तृतिय भएका छन् । सटफुट प्रतियोगितामा छात्रा तर्फ अमर आदर्श माविका मनिसा बिक प्रथम, गणेश माविका झरना सुवेदी द्धितिय र धवलागिरी बहिरा आवासिय माविका अमिता बुढा तृतिय भएका छन् भने छात्र तर्फ गणेश माविका अजित हरिजन प्रथम, चिल्डे«न लाईफ इङलिस बोडिङ स्कुलका सौगात खड्का द्धितिय र त्रिभुवन माविका अर्जुन हरिजन तृतीय भएका छन् ।

ज्याब्लिङ थ्रोमा छात्रा तर्फ सिगाना माविका बिमला केसी प्रथम, धवलागिरी बहिरा आवासिय माविका मिना चोखाल द्धितिय र जनताधन माविका अनुसा सुवेदी तृतीय भएका छन् भने छात्र तर्फ विद्यामन्दिर माविका आर्य खत्री प्रथम, जनताधन माविका सन्तोष रोका द्धितिय र त्रिभुवन माविका ज्ञानप्रसाद सुवेदी तृतिय भएका हुन् । यस्तै, लङजम्पमा प्रथम, द्धितिय र तृतिय क्रमशः त्रिभुवन माविका अनिसा नेपाली, धवलागिरी बहिरा आवासिय माविका पुजा बोसेल र न्यू ओयसिस एकेडेमीका रक्षा जिसी छन् भने छात्र तर्फ क्रमशः गणेश माविका सुमन क्षेत्री, जनताधन माविका सुरज कार्की र चिल्डे«न लाईफ बोर्डिङ स्कुलका लोकेन्द्र पुन रहेका छन् ।

प्रतियोगितामा बागलुङका १८ सामुदायिक विद्यालय तथा १२ संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाएको आयोजकले जनाएको छ । मार्सल आर्टमा उसु, तेक्वान्दो र कराते गरि तीन वटा बिधा र एथ्लेटिक्स तर्फ दौड, भलिबल, कबड्डी लगायतका प्रतियोगिता हुनेछन् । दोस्रो दिन मंगलबार ७ सय मिटर दौड एवं भलिबल प्रतियोगिता सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *