३१ बर्षको शिक्षण सेवा पछि राजनीति र समाजसेवामा

 प्रस्तुतीः सन्तोष क्षत्री

मेरो राजनीति गर्ने तिव्र इच्छा थिएन । तर, मलाई पार्टी र स्थानीय जनताले तपाई वडा अध्यक्षमा उठ्नु प¥यो भने पछि म वडा अध्यक्ष पदमा उठेको हो । २० वर्ष पछि स्थानीय निर्वाचन भएको थियो । त्यसकारण जनताका धेरै अपेक्षा थियो । मैले साढे दुई वर्षको अवधि पार गरे । यस अवधिमा जनताका अपेक्षा र यहाँको आवश्यकता हेरेर काम भए जस्तो मलाई लाग्दछ । हो, जनताका अझ धेरै काम गर्न बाँकी छन् । म त्यस प्रति प्रतिवद्ध छु । फलेबास नगरपालिकालाई हामीले काठे पुल मुक्त गर्ने कुरा थियो । हामीहरु सफल भयौ र अहिले फलेबास नगरपालिकामा काठेपुल छैनन् । जनताको खाने पानीको आवश्यकता थियो ।

एक घर, एक धारा हो । म निर्वाचन भएर आउनु भन्दा पहिले नै सुरु भईसकेको थियो । काम अहिले पनि काम भईरहेको छ । एक घर, एक धाराबाट बञ्चित भएको हाम्रो ठूलास्वाँरा हो । त्यो टोलमा पनि मैले नगरमा कुरा राखिसकेको छु । छिट्टै त्यस ठाउँमा पनि पानीको व्यवस्थापन हुन्छ ।

यो वर्ष प्रदेश सरकारले कृषि नमुनाको लागि साबिक वडा न. ६ को उल्लेरी र ठूलास्वाँरा गाउँलाई नमुना गाउँ बनाउने भनेर संचालन गरेका छौ । हामीहरुले महिला सहकारी सँग सहकार्य गरेर काम गरिरहेका छौ । महिला सहकारी संग सहकार्य गरेर काम गर्दा प्रभावकारी होला भनेर १० नम्बर वडा नमुना टोलको रुपमा छनोट गरेर काम सुरु गरेका हौं । किनभने कुनै पनि घर महिलाबाट छुटेका छैनन् । हरेक घर धुरीमा त्यसको पहँुच पुगोस् भनेर हामीहरुले महिला सहकारीबाट सहकार्य गरेका हौ । त्यसबाट नमुना कृषि टोलमा पनि माहुरी पालन, सुन्तला खेती, अलैची खेती, भकारो सुधार लगायतका कामहरु सम्पन्न भईसकेका छन् ।


हाम्रो नगरमा काम गर्न खोज्ने युवालाई हामीले सहयोग गर्ने गरेका छौ । पशुपालन तथा कृषिमा लाग्ने युवाहरुलाई वडा तथा नगरपालिकाबाट पोत्साहन गर्दै आवश्यक आर्थिक अनुदान पनि प्रदान गदै आईरहेको छ । हाम्रो वडा कृषि योग्य ठाउँ भएकाले हामीले कृषि र पशुपालनलाई प्राथमिकता दिएका छौ । हाम्रो वडा सुन्तलाको पकेट क्षेत्रको रुपमा चिनाउन सफल भएको छ । कर संकलनमा फलेवास नगरपालिकाको तेस्रो नम्बरमा हाम्रो वडा पर्दछ ।


गाउँमा बसाई सराई बढ्दो छ । मानिस स्वभाविक रुपमा सुविधाभोगी भएर शहर बजारमा केन्द्रित भईरहेका छन् । यहाँको हकमा त्यो सँगै गुरणस्तरिय शिक्षाका लागि गाउँ छोड्ने चलन बढ्दो छ । जुन दुखद छ । हामीले हाम्रा विद्यालयको गुरणस्तर वृद्धि गर्न आवश्यक छ । हामीहरुले सामुदायिक बिद्यालयमा धेरै प्रयत्न गर्दा पनि सुधार ल्याउन सकेका छैनौं । अहिले फलेवास नगरपालिकाका सम्पुर्ण सामुदायिक विद्यालयमा कक्षा १ देखि अंग्रेजी माध्यमलाई अनिवार्य बनाउन जोड दिएका छौ । किनभने अभिभावकहरुमा अंग्रेजी माध्यमको मोह बढि देखिएको पाईयो । त्यसकारण नगरले नै एकनासको पाठ्यक्रम बनाएर निःशुल्क पाठ्य पुस्तक वितरण गर्ने र पठन–पाठन सुधार गर्ने अभियानमा पनि लागेका छौ ।


यद्यपी विद्यालयहरुको सुधार नभएको र अभिभाबकहरु आफ्ना बच्चालाई पढाउनका लागि बसाई सराई भएका कारणले प्राथमिक विद्यालयहरु लगभग रित्तिन लागि सकेका छन् । मानिसहरु स्वभावले नै सुख खोज्ने प्रवृत्ति हुँदो रहेछ । एउटा यहाँको क्षेत्रमा देखिएको अर्काे सबै भन्दा ठूलो समस्या भनेको बाँदर हो । किसानहरुले लगाएको खेती निगरानी गर्दा पनि जोगाउन सकिएको छैन । किसानहरु दिन प्रतिदिन निराश बन्दै गएका छन् । हुन त हाम्रो मात्र होइन देशका अन्य नगरपालिकामा पनि बाँदरका सदस्याहरु धेरै आउँदा रहेछन्, त्यसैले यो राष्ट्रिय समस्या बनेको छ । यसलाई सहज ढंगले कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं ।


नगरका मुल सडकहरुलाई फराकिला बनाउने अवधारणा फलेवास नगरपालिकाले लिएको छ । हाम्रो वडाको ठूलस्वाँरा उल्लेरीका बाटोलाई ८ मिटर बनाउने भनिएको छ । यि बाटालाई प्रमुख प्राथमिकता दिनुको कारण सुन्तलाको पकेट ठाउँ भएकोले सडकलाई प्रमुख प्राथमिकता दिएको हो । हाम्रोमा स्वास्थ्य चौकी निमाण हुँदैछ । यो आर्थिक मसान्तमा स्वास्थ्य चौकी हस्तान्तरण हुन्छ । हाम्रो वडा कार्यलयलाई पनि व्यवस्थापन गर्ने व्यवस्था गर्दैछौ । म संग लामो समय अध्यापन गराएको अनुभव छ । ३१ वर्ष अध्यापन गराउदा लगभग १७ वर्ष प्रधानाध्यापकको रुपमा काम गरे । मलाई शैक्षिक पेशा अत्यधिक मन पर्ने पेसा हो । म वडा अध्यक्षमा निर्वाचित भएर आए पछि जनतालाई कसरी सहज रुपमा सेवा दिन सकिन्छ भनेर कुनै दिन सेवाग्राहीलाई दुःख दिने काम गरेको छैन । शिक्षण पेशामा जस्तै राजनीति संगैको समाज सेवामा नि सन्तुष्ट छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *