यस्तो रह्यो बुर्तिबाङमा ‘प्रहरी सँग एक दिन’

हेम विश्वकर्मा, बुर्तिबाङ

इलाका प्रहरी कार्यालय बुर्तिबाङले ‘प्रहरी सँग एक दिन’ कार्यक्रम सञ्चालन गरेको छ ।

प्रहरी र नागरिक बीचको समन्वयबाट मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने निष्कर्ष सहित नयाँ अभिान थालेको हो ।

ढोरपाटन नगरपालिका स्थित जनता सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत बिद्यार्थीलाई एक ठाउँमा जम्मा गरि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम गरीएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी र नागरिक बीचको साझेदारीको अवधारणा, नागरिक सुरक्षामा प्रहरीको महत्व, प्रहरी प्रति सकरात्मक धारणाको विकास, प्रहरी सेवा प्राप्त गर्ने प्रकृया लगायतका बिषयमा जानकारी गराइएको थियो ।

पछिल्लो समय युवाहरु माझ मौलाउदै गरेको लागुपदार्थ दुव्र्यसनी, बालविबाह र सवारी साधन चलाउदा र पैदल यात्रा गर्दा समेत अपनाउनु पर्ने ट्राफिक नियमका बिषयमा समेत विद्यार्थीलाई जानकारी दिइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिहं भण्डारीले जानकारी दिनुभयो ।

जनता सेकेण्डरीमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका एक सय भन्दा बढी विद्यार्र्थी कार्यक्रममा सहभागी थिए । स्कुलले समाज र सामाजिक गतिविधिमा विद्यार्थीलाई जोड्नका लागि बिभिन्न समयमा यस किसिमका सचेतनामुलक कार्यक्रम गर्दै आएको बिद्यालयका प्रिन्सिपल दिपक सापकोटाले जानकारी दिनुभयो । पश्चिम बागलुङमा बालविवाह, बहुविवाह, लागुपदार्थ दुब्र्यसनी जस्ता समस्या चुनौतिको रुपमा देखिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *