आँफैले काट्दै गरेको रुखले लागेर बागलुङमा एक जनाको मृत्यु

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका–७ तितौरेका एक व्यक्तिको मंगलबार दिउसो रुख काट्ने क्रममा ज्यान गएको छ ।

तितौरेको सामुदायिक बनमा घर बनाउनका लागि आवश्यक रुख काट्न गएका तितौरेका ४६ बर्षिय रत्नबहादुर कार्की आफैले काटेको रुखले लागेर गम्भिर घाइते हुनुभएको थियो ।

घाइते कार्कीको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो ।

मृतक कार्कीसँगै गएका सोही ठाउँका ४२ बर्षिय पदम कार्की घाइते हुनुभएको छ । दुइ वटै हात र खुट्टामा चोट लागेका पदमको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ । अवस्था स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *