होली पूर्णिमा मेला तयारीको लागि बैठक

आदर्श अनलाईन, बागलुङ ।

सामाजिक संस्था घुम्टे युवा परिवारले आफनो गौरवमय ३५ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला फागुन २३ गते देखि २६ गते सम्म मनाउँदै छ ।

मेला नजिकिदै गर्दा तयारी पनि तिव्र पारिएको छ । मेलामा बृहत कृषि प्रदर्शनी, वडा स्तरिय पुरुष भलिबल, सामुहिक लोक नृत्य, पुरुष तथा महिला रस्साकसी प्रतियोगिता आयोजना गरिएको छ । मेलामा स्थानिय कला संस्कृति झल्कने झाँकी, नौमति बाजा सँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुँदै छन ।

सो अवसरमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु लोक तथा दोहोरी गायिका विमा कुमारी दुरा, विष्णु खत्री, वसन्त थापा ईश्वर सिंह, राम खत्री लगायतको सांगतिक प्रस्तुति रहने संस्थाले जनाएको छ । मेलाको तयारीको निमित्त आज वडा स्तरिय बैठक सम्पन्न भएको छ । बैठकमा प्रायोजक तथा सहयोगदाताहरुको विवरण प्रस्तुत गरिएको थियो । बैठकले मेलालाई सभ्य र भव्य रुपमा सफल पार्नको निमित्त विभिन्न उपसमितिहरु चयन गरेको छ । जस अन्तर्गत पिताम्बर गौतमको संयोजकत्वमा ९ सदस्यीय कृषि मेला व्यवस्थापन समिति, जीवन साहानीको संयोजकत्वमा ५ सदस्यीय खेलकुद, राजकुमार दर्जीको संयोजकत्वमा ३ सदस्यीय सांस्कृतिक, शिव बहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय रस्साकसी व्यवस्थापन, ज्ञान बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय झाँकी तथा नौमति व्यवस्थापन, दुर्गा बहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय अतिथि सत्कार, लोक बहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय सुरक्षा परिचालन, सरोज थापाको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार, भरत केसीको संयोजकत्वमा ३ सदस्यीय साउण्ड सिष्टम व्यवस्थापन, रामचन्द्र गौतमको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार व्यवस्थापन, सन्त बहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन, राम बहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, दुर्गा बहादुर थापाको संयोजकत्वमा प्राथमिक उपचार र प्रकाश थापाको संयोजकत्वमा ३ सदस्यीय खाजा व्यवस्थापन समिति चयन गरिएको संस्थाले जनाएको छ ।

संस्थाले स्थापनाकाल देखि होली पूर्णिमा मेलामा आफनो वार्षिकोत्सव मनाउदै आईरहेको छ । बैठकमा वडा स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, युवा वर्ग, आजीवन सदस्य, शुभेच्छुकहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । बैठक घुम्टे युवा परिवार मल्म गलकोट बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सह सचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *