मुस्ताङको घैकु भीरमा स्काभेटर दुर्घटना, चालकको मृत्यु

आदर्श अनलाइन, मुस्ताङ

मुस्ताङको थासाङ गाउँ पालिका ४ घैकु भीरमा स्काभेटर दुर्घटना भएको छ । घासा नजिकै घैकु भीर खन्ने क्रममा स्काभेटर अनियन्त्रित भइ दुर्घटनामा पर्दा चालकको मृत्यु भएको बताइएको हो ।

बेनी जोमसोम सडक खण्डको सडक स्तरोन्नति गर्ने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटना परि सिन्धुपाल्चोकका स्काभेटर चालक अर्जुन दाहालको मृत्यु भएको सुपरभाइजर इन्द्रसिं शेरचनले जानकारी दिनुभयो । शर्मा गजरमुखी जेबि कम्पनीले जिम्मा पाएको उक्त सडक खण्डमा पटकपटक दुर्घटना हुने गरेको पनि शेरचनले बताउनुभयो ।

दुर्घटना हुँदा मृतक चालकको उद्दारमा कठिनाइ भएको थियो भने स्काभेटर भेट्न नसकिने अवस्थामा रहेको बताइएको छ । रात परेकोले गर्दा उद्दारमा कठिनाइ भएकोले भोलि मंगलबार बिहानबाट उद्दार कार्य गरिने बताइएको छ ।

दुर्घटनास्थलमा पोखराबाट आउदै गरेको ना ६ ख ४१८१ पृथ्वी समितिको यात्रुवाहक बसमा समेत क्षति पुगेको शेरचनले बताउनुभयो । बसमा सवार यात्रुहरु भने सकुशल रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *