कोरोना सकस: धौलागिरी अस्पताल बागलुङमा ‘आइसोलेसन वार्ड’

आदर्श अनलाइन, बागलुङ

कोरोनालाई लक्षित गरी धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ ।

कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीलाई बिशेष निगरानीमा उपचार तथा परामर्शका लागि ‘आइसोलेसन वार्ड’ तयार गरिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बिक पोखरेलले आदर्श अनलाइनलाई जानकारी दिए । ‘आइसोलेसन वार्ड’मा दुई वटा वेड राखिएको छ । यसलाई आवश्यकता अनुसार थप गर्न पनि सकिने उनले बताए ।

कोरोनाको शंका लागेमा आइसुलेसन कक्षमा राखेर नमूना परिक्षणका लागि काठमाण्डौं पठाइनेछ । धौलागिरी अञ्चल अस्पतालका साथै नीजि अस्पतालहरुलाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर ‘आइसोलेसन वार्ड’को तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जिल्लाका सरोकारवालाको बैठकमा आग्रह गरेका छन् । अहिले सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरु पनि कोरोनाको लक्षण भएको भन्दै परिक्षणका लागि आउने क्रम बढेको धौलागिरी अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *