यात्रामा होशियार ! कुकुरले लखेट्दा सहस्रधारामा दुर्घटना

आदर्श अनलाइन, बागलुङ

पर्वत जिल्लाको कुश्मा नगरपालिका १ सहस्रधारामा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

कुश्मा बजारदेखि बागलुङ आउँदै गरेको ध १ प ८६८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठेखोला गाउँपालिका–१ का २२ बर्षिय जीवन केसी घाईते भएका हुन् ।

मोटरसाइकल चलाइरहेको अवस्थामा कुकुरले लखेटे पछि दुर्घटना भएको घटनास्थलमा रहेका सञ्चारकर्मी राजेन्द्र ढकालले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल पछ्याउने कुकुरको घटनास्थलमै मृत्यु भएको छ । घाईते केसीको धौलागिरी अञ्चल अस्प्ताल बागलुङमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *