नेपाली कांग्रेसद्वारा गण्डकी प्रदेश सभा अवरुद्ध

आदर्श अनलाइन, पोखरा

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

बुधबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले कार्यसूची अघि बढाउन खोज्दा कांग्रेस सांसदहरुले विभिन्‍न विषयमा असहमति जनाउँदै संसद् अवरुद्ध गरेका हुन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कंडेलले निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रमको विवाद मुख्यमन्त्रीले एकलौटी निर्णय गरेको, प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतको आधारमा पारित गर्न लागेको, योजना छनोटमा पक्षपात गरेकाले संसद अवरुद्ध गर्न बाध्य भएको बताउनुभयो।

प्रदेशसभा सचिवालय भित्र गठन भएका सचिवालय र निर्देशिका समिति एउटै बनाउन लागेपछि आफूहरुले संसद संसद गरेको कंडेलको भनाई थियो । त्यसपछि,सभामुख अधिकारीले बिहीबार दिउँसो १ बजेसम्म बैठक स्थगित गर्नुभयोे।

प्रदेशसभा गठनको झन्डै दुई वर्षपछि संसदीय दलहरुले आफ्ना कार्यकक्ष पाएका छन्। दलको कार्यकक्ष बुधबार सभामुख अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *