सुख्खा पहिरोले म्याग्दीको घोडेपानी सडक अवरुद्ध

फाइल तस्बिर।

सन्तोष गौतम, बेनी

सुख्खा पहिरो खसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिख, घार र पर्यटकीय बस्ती घोडेपानी जोड्ने पोखरेबगर(चित्रे(घोडेपानी सडक अवरुद्ध भएको छ ।

अन्नपूर्ण गाउँपालिका ६ हल्लेखर्क भन्ने ठाउँमा सडक विस्तारका क्रममा आइतबार साँझ खसेको सुख्खा पहिरोका कारण अवरुद्ध सडक बुधबारदेखि मर्मत सुरु भएको छ ।

सडक अवरुद्ध हुँदा शिख, घार, खिवाङ, चित्रे, किन्दु, स्वाँता, फलाते, घोडेपानीका तीन हजार भन्दा बढी घरधुरी प्रभावित भएको घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । घोडेपानी जाने आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत समस्या भएको छ ।

भिरालो खरवारी भएको पाखो डोजरले काटेपछि माथिबाट खसेको सुख्खा पहिरोले गणेश खड्का, मेखबहादुर खड्का, फौदबहादुर बरुवाल लगायत ७ घर उच्च जोखिममा परेका पीडितले बताएका छन् । राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले भूकम्प प्रभावित अन्तरगत पोखरेबगरदेखि घार खिवाङ शिखहुँदै चित्रे जोड्ने १८।५ किलोमिटर सडक कालोपत्रे गर्ने २७ करोड ९१ लाख ३५ हजार रुपैयाँमा मोतिदान(जयमाता जेभीसंग ठेक्का सम्झौता गरेको छ ।

२०७५ मंसिरदेखि कालोपत्रे गर्न सडक विस्तार, नाली र ग्रेड मिलाउने काम गरिरहेको ठेकेदारले जथाभावी डोजर चलाएका कारण पहिरो गएको स्थानीयको गुनासो छ । आयोजनाका निमित्त प्रमुख यज्ञदत्त रिजालले जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउपालिकाका अध्यक्ष लगायतको टोलीले पहिरोको स्थलगत निरिक्षण गरेर मर्मत सुरु गरेको बताए । बुधबारदेखि ठेकेदार कम्पनीका दुईवटा एक्साभेटर र चार वटा टिप्पर परिचालन गरेर पहिरो पन्छाउन सुरु गरिएको उनले बताए । ठूलो पहिरो खसेकाले पन्छाएर सडक खुलाउन अब कम्तिमा पाँच दिन लाग्ने उनले बताए ।

सडक अवरुद्ध हुँदा घारमा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ र आउटलेट तर्फ निर्माण तथा बिस्फोटक सामग्री ढुवानी गर्न समस्या भएको छ । ठूलो बस्ति जोड्ने सडक अवरुद्ध हुदा आवत जावत, ढुवानी र विकास आयोजना प्रभावित भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *