गण्डकी प्रदेश सोमबारदेखी ‘लक डाउन’

आदर्श अनलाइन, पोखरा

कोरोना भाइरस कोभिड(१९ को संक्रमणबाट जोगिन गण्डकी प्रदेशले पनि लक डाउनको तयारी गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको संयोजकत्वमा गठिन निर्देशन समितिको सोमबार बस्ने बैठकले लक डाउनको निर्णय गर्ने तयारी गरेको छ ।

ुयो संकटका बेला हत्तोत्साही नभई सम्यमित र साबधानीपूर्वक कोरोनासँग लड्नुपर्नेछ,ु मुख्यमन्त्री गुरूङले भने, ुअब गण्डकी प्रदेशलाई संक्रमणबाट जोगाउन लक डाउन गर्नै पर्ने अवस्था आयो ।ु निर्देशन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा अहिलेसम्म भएका तयारीबारे छलफल र अबको साबधानी तथा सुरक्षाबारे निर्णय हुने सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिइन् । गण्डकी प्रदेश सरकारले क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार पारेर राखेको मन्त्री पुनले जानकारी दिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *