बागलुङ जिल्ला ‘लक डाउन’,पाँच जना भन्दा बढी जम्मा हुन नपाइने

तस्बिरः जिल्लाको प्रवेश नाका मालढुंगामा परीक्षण गरिदै ।

आदर्श अनलाइन,बागलुङ

विश्वव्यापी भयावहको रुपमा फैलिएको कोरोनाको जिल्लामा पनि जोखिम बढेपछि आजदेखि ‘जिल्ला लक डाउन’ गरिएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको सरोकारवाला सहितको सर्वपक्षिय बैठकले जिल्लामा अत्यावश्यकीय बाहेकका सम्पूर्ण काम र सेवा पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए । अब काम बिशेषले पनि बढिमा पाँच जना भन्दा बढी भेला हुन समेत पाइने छैन ।

प्रजिअ शैजुका अनुसार, दैनिक उपभोग्य सामान, खाद्यान्न,दुध, औषधि, पानी, पेटोलियम पदार्थ, उद्धार, राहत तथा स्वास्थ्य उपचार कार्यमा सम्लग्न यातायात बाहेक सबै प्रकारका यातायात –बस, जीप, पिकअप, ट्याक्सी, मोटरसाइकल, रिक्सा, पसल,उद्योग कलकारखाना पूर्ण रुपमा बन्द गरिएको छ ।

सर्वसाधारण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ । यदी यसको बर्खिलाप गरि बिना कारण घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानुन बमोजिम कारवाही गरिनेछ ।
जिल्लामा कोरोनाका सम्भावित जोखिम र त्यसको पूर्ववत तयारीका क्रममा आइसोलेसन स्थापनाका लागि धौलागिरी अञ्चल अस्पतालका अतिरिक्त ८ बैकल्पिक स्थल प्रस्ताव गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई अन्र्तगत रहेको विज्ञान स्रोत केन्द्र भवन, बागलुङ नगरपालिकाको भवन, जिल्ला हुलाक कार्यालयको पुरानो भवन, पुरानो भेटेरिनटरी अस्पताल, कृषि सामग्री संस्थानको पुरानो गोदाम घर, कभर्ड हल, खुल्ला चौर, आदीवासी जनजातिको निर्माणाधिन भवनलाई प्रयोेग गर्न सकिने जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *