आदर्श अनलाइन,बागलुङ
जिल्ला सदरमुकाममा २४ सै घण्टा स्वास्थ्य सेवा दिने उद्घोष सञ्चालित अस्पताल कोरोनाको तिव्र जोखिम बढेसँगै सूचना टाँस गरेर बन्द गरिए पनि तिव्र आलोचना पछि सञ्चालनमा आएको छ ।
बागलुङ बजारको मुख्य चोकमा सञ्चालित मुक्तिनाथ हस्पिटल प्रालि मंगलबार दिउसो सुचना टाँस गरेर बन्द गरिएको थियो । तर, सामाजिक सञ्जाल र सञ्चार मााध्यमबाट अस्पताल बन्द भएको सूचना र समाचार सार्वजनिक लगत्तै तिव्र आलोचना भएको थियो । जसका कारण सूचनामा २,३ दिनका लागि बन्द भनिएको अस्पताल चार घण्टा पछि साँझ साढे ७ बजेपछि सञ्चालनमा आएको थिया ।
अस्पतालको सटरमा टाँस गरिएको सूचनामा ‘विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका काराणले प्राप्त सामाग्री नभएकाले २/३ दिनको अवस्था हेरेर पुनः सूचारु गर्ने गरी हाललाई हस्पिटल बन्द गरिएको छ’ लेखिएको थियो ।
मुक्तिनाथ अस्पताल प्रालिका अध्यक्ष सन्तोष रावलले अस्पतालमा कोरोनाको उपचारको लागि प्राप्त सामग्रीहरु नहुँदा बन्द गर्नु परेको र सबै क्षेत्रबाट दबाव र सुझाव आएपछि पुनः खुलाइएको बताए । ‘कोरोनासँग सम्बन्धित जाँचका लागि सामग्रीहरुको अभावमा हाम्रा कर्मचारी, स्वाथ्यकर्मीले असुरक्षित महसुश गरेर फोन गरेपछि फेरी समस्या पर्ला भनेर बन्द गरिएको होे,’ अध्यक्ष रावलले भने, ‘हामीले सञ्चालन गरिसकेका छौ, अब कोरोनाका लागि आइसोलेसन पनि निर्माण गरेका छौ, हामी उपचार गर्छौ ।’
सूचना टाँसेर बन्द मुक्तिनाथ अस्पताल तिव्र आलोचना पछि खुल्यो
