पर्वतको नाग्लिबाङका १३ जनालाई खाद्यन्न दिएर घरभित्र राखियो

सविना परियार, पर्वत ।
विश्वभरी महामारीको रुपमा फैलिइरहेको कोरोनाको संक्रमणबाट बच्नको लागि पर्वतको जलजला गाउँपालिका–८ नाग्लिबाङका १३ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ ।

भारतबाट सुनौली हुँदै आफ्नो जन्म स्थान पर्वतको नाग्लिबाङ आइपुगेका २ परिवारका १३ जनालाई गाउँपालिका, वडा र प्रहरीको सक्रियतामा बुधबारबाट होम क्वारेन्टाइनमा राखिएको हो ।

बुधबार विहान वडा अध्यक्ष विकास जिसीले १० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउँदै इलाका प्रहरी कार्यालय मिलनचोकका प्रहरी सहायक निरिक्षक धुव्र बहादुर बोहोरा र स्थानियको रोहबरमा उनिहरुलाई अवको सात दिनसम्म घरभित्रै बस्न आग्रह गर्नुभएको छ । टोलीले उनिहरुलाई घरभित्र बस्न, एक अर्कासंग नछोइन, अनिवार्य रुपमा माक्सको प्रयोग गर्न, भिड गरेर नबस्न सुझाव दिएको छ ।

चैत ७ गते नाग्लिबाङ आइपुगेका उनिहरुलाई अहिले सम्म कुनैपनि स्वास्थ्य समस्या नआएकोले घरलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न र बाहिर ननिस्कन आग्रह गरिएको वडा अध्यक्ष जिसीले बताउनुभयो । उहाँले कुनैपनि समयमा स्वास्थ्यमा समस्या आए आफुहरुलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *