कोरोनाले खोस्यो कामः दैनिक ज्यालादारी गर्नेलाई गाउँपालिकाको साथ

आदर्श अनलाईन, बागलुङ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथामका लागि सरकारले देशभर गरेको लकडाउनका कारण धेरैको रोजीरोटी गुमेका कारण दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरु समस्यामा परेका छन् ।

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउदै आएका श्रमिक मजदुरका लागि संकटको घडीमा बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले बिशेष राहतको घोषणा गरेको थियो ।

जस अनुसार, बुधवारदेखि काठेखोला गाउँपालिकाको वडा नम्बर २ भिमापोखराबाट दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत सामग्री प्रदान गर्न थालिएको छ । गाउँपालिका अध्यक्ष अमर थापा र वडा अध्यक्ष बिद्यापति शर्माले भिमापोखरामा दैनिक ज्याला मजदुरीबाट परिवारको जिविका जोहो गर्ने १३ परिवारलाई चामल, दाल र नुन प्रदान गरेका छन् । कोरोनाले ल्याएको संकट सामनाका लागि लक डाउन गरिएको र दैनिक कामकाज ठप्प भएको परिस्थितिमा तत्कालका लागि प्रति परिवार २५ किलोको चामल, ३ केजी दाल र दुई पोका नुन राहत स्वरुप प्रदान गरिएको वडा अध्यक्ष बिद्यापति शर्माले बताउनुभयो ।

गाउँपालिकाले सबै वडाका अध्यक्ष मार्फत दैनिक ज्यालामा मजदुरी गरेर जीवन गुजारा गर्नेहरुको तथ्यांक संकलन गर्ने क्रम जारी रहेको र उनीहरुलाई लकडाउनका कारण दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले खाद्यान्न सामग्री प्रदान गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो ।

‘देश लक डाउनका कारण दैनिक जीवनयापनमा समस्या परेकाहरुको वडा स्तरवाट तथ्याङक संकलन गरी आउने क्रम जारी छ’ अध्यक्ष थापाले भने ‘यथार्थ तथ्याङ्कका आधारमा लकडाउन अवधिमा दैनिक ज्याला गुमेकालाई जीवन गुजाराका लागि राहत प्रदान गर्नेछौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *