बागलुङ:महिलाको स्वाब परीक्षणमा पठाइयो,युवाको रिपोर्ट भोली आउने

आदर्श अनलाइन, बागलुङ

नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएको भन्दै बागलुङबाट थप एक जनाको स्वाब परीक्षणको लागि पोखरा पठाइएको छ ।

कोरोनाको जोखिम भएका बागलुङ नगरपालिका–७ का एक पुरुषको सोमबार र बागलुङ नगरपालिका–४ कुडुलेकी युवतीको बुधबार धौलागिरी अञ्चल अस्पताल र स्वास्थ्य कार्यालय बागलुङका स्वास्थ्यकर्मीको समुहले स्वाब संकलन गरि परिक्षणको लागि पठाएको थियो ।

बागलुङबाट प्रादेशिक प्रयोगशाला पोखरा र पोखराबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएको स्वाब परिक्षणका लागि पालोमा रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । ‘आशंका गरिएका पुरुषको स्वाबको रिपोर्ट बिहीबार र युवतीको रिपोर्ट शुक्रबार सम्म आउन सक्छ’, ‘गौतमले भन्नुभयो, ‘एउटा मात्र प्रयोगशालामा देशभरीको परिक्षण गर्नुपर्ने भएकाले बढी समय लागेको हो ।’

स्वाब संकलन गरिएका विरामी मध्ये बानपा–७ का पुरुषको धौलागिरी अञ्चल अस्पताल बागलुङमा आइसोलेसनमा राखेर उपचार भइरहेको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र वि पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमित १९ बर्षिय महिलासँगै गत चैत ५ गते फ्रान्सबाट कतार हुँदै बागलुङ आएकी बागलुङ नगरपालिका–४ की एक महिलालाई भने घरमै क्वारेन्टाइनमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *