धौलागिरी अस्पतालमा ‘हेल्लो डाक्टर’ सेवा,अब फोनबाटै परामर्श

डम्मर बुढा मगर, बागलुङ

धौलागिरी अञ्चल अस्पतालमा ‘हेल्लो डाक्टर’ सेवा सञ्चालनमा ल्याइएको छ ।

अस्पतालमा कोरोनाको सम्भावित जोखिम र अन्य बिरामीको चाप बढे पछि घरमै बसेर पनि डाक्टरको परामर्श लिनका लागि हेल्लो डाक्टर डेक्स स्थापना गरेको अस्पतालले जनाएको छ ।

कोरोना भाइरसको लक्षण देखा परेमा बिरामीहरुले धौलागिरी अञ्चल अस्पतालका डाक्टर अजय पोखरेल ९८६८८३९८२९, आकाश चित्रकार ९८१९१५५१६४, सचिन कोइराला ९८४६६४७३७५ र धिरेन्द्र पौडेललाई ९८५११७८७९१ मा फोन गर्न सक्नेछन् ।

कोरोना भाइरस प्रभावित क्षेत्रबाट आएका र भाइरसको लक्षण देखा परेका नागरिकहरुलाई फोनबाटै सल्लाह सुझाव दिने अस्पतालका क्षय कुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । बाहिरबाट आएका नागरिकहरुलाई फोनबाटै डाक्टरहरुले सुझाव दिने र उनीहरुले सोही अनुसारको सतर्कता अपनाउन सक्ने उहाँको भनाई छ ।

ज्वरो, रुघाखोकी र कोरोना भाइरससँग सम्बन्धित लक्षण देखा परेका नागरिकहरुले मात्रै डेक्समा फोन गर्न अस्पतालले आग्रह गरेको छ । सामान्य रोगका बिरामीहरुले डाक्टरहरुलाई फोन नगर्न अस्पतालको आग्रह छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *