गण्डकीमा १६ जनामा कोरोना आशंका,१३ मा संक्रमण नभएको पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा अहिले सम्म कोरोना संक्रमणको जोखिममा परीक्षण गरिएका कसैमा पनि कोरोना संक्रमण नभएको पाइएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाभरमा जम्मा १६ जनामा कोरोनाको संक्रमण भएको आंशका सहित परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।

काठमाण्डौं पठाइएका १६ जना मध्ये १३ जनाको स्वाब परीक्षणको रिपोर्ट आइसकेको छ । जसमा सबैको रिपोर्ट नेगेटिभ छ । परीक्षण गरिएका मध्ये कसैमा पनि कोरोना संक्रमण नभएको पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी प्रयोगशाला प्रमुख सपना सुवेदीले जानकारी दिइन् । बाँकी ३ जनाको भने रिपोर्ट आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *