अनलाइन बैठक:काठेखोलामा १० लाखको‘कोरोना रोकथाम कोष’

आदर्श अनलाइन,काठेखोला

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले अहिले देखिएको कोरोनाको तिव्र जोखिमलाई ध्यानमा राख्दै आइतवार पहिलो पटक अनलाइनबाटै कार्यपालिका वैठक गरेको छ ।

बैठकले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना रोकथामका लागि १० लाखको राहत स्थापना गर्ने निर्णय गरेको छ ।

बिदेशबाट आएकाहरुका कारण शहरमा भन्दा गाउँमा जोखिम बढेकाले सचेतना, औषधि उपकरण, लक डाउनका कारण रोजीरोटी खोएिका श्रमिक मजदुरलाई खाद्यान्न, कोरोना संक्रमणबाट प्रभावित परिवारलाई राहत प्रदान गर्न १० लाख रुपैयाँको कोष स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए । बिकका अनुसार, चालु बर्षमा अध्ययन अवलोकन भ्रमणका लागि बिनियोजित रकमबाट ८ लाख र विपत व्यवस्थापन शिर्षकबाट २ लाख रुपैयाँ गरी १० लाखको कोष स्थापना गरिएको हो । यस कोषमा बिभिन्न सघं संस्था, व्यक्तिहरुले गाउँपालिकाको खातामा जम्मा गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत बिकले बताए ।

बैठकले पास बिनाका सवारी साधनलाई पूर्ण रुपमा निषेध गर्ने, बिदेशबाट फर्किएका सबैलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने र यसको अनुगमन वडाका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीले गर्ने निर्णय गरिएको छ ।

देश लक डाउन भएको, बैठकका लागि धेरै जम्मा हुनुपर्ने र यसो गर्दा कोरोना संक्रमणको जोखिम भएकाले प्रविधिको प्रयोग मार्फत अनलाइन वैठक गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । ‘यो नयाँ अनुभव पनि भयो,अहिलेको जोखिमपूर्ण अवस्थामा सहज पनि भयो,’ अध्यक्ष थापाले भने, ‘यसको सन्देश घर भित्रै बसौ, सुरक्षित रहौ । अत्यावश्यकीय कार्यमा प्रविधिको प्रयोग गरौ भन्ने पनि हो ।’

यो पनि पढ्नुहोस्

अनलाइन बैठक:काठेखोलामा १० लाखको‘कोरोना रोकथाम कोष’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *