पोखराबाट धौलागिरी अञ्चल अस्पतालमा आयो अपूर्ण भेण्टिलेटर

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको धौलागिरी अञ्चल अस्पतालमा प्रादेशिक स्वास्थ्य निर्देशनालयले स्वास्थ्य सामाग्री पठायो ।

कोरोना संक्रमित र आशंका गरिएका विरामीको स्वास्थ्य उपचारको लागि पठाईएका सामाग्रीमा भेण्टिलेटर पनि पठाईएको थियो । स्वास्थ्य निर्देशनालयले पठाएको भेण्टिलेटर अपूर्ण भएको भन्दैं धौलागिरि अञ्चल अस्पतालले लिन मानेको छैन ।

भेण्टिलेटर मेसिन मात्र भएर हुँदैन धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डन शैलेन्द्र वि. पोख्रेलले भन्नुभयो भेण्टिलेर राख्नको लागि हुनुपर्ने संरचना, बेड हामिसंग छैन, आएको भेण्टिलेटरमा पनि ब्याट्री, ब्याकप, हावा नाप्ने मिटर लगाएतका सामाग्रीहरु छुटेका छन् ।

अस्पतालले लिएर पनि प्रयोग गर्न नसक्ने भएपछि भेण्टिलेटर छुट्टै राखेर अन्य सामाग्री लिएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *