बागलुङमा कोरोना संक्रमित युवतीले भेटेका व्यक्तिलाई परामर्श

आदर्श अनलाईन, बागलुङ ।
बागलुङ नगरपालिका–४ कुँडुलेका स्थानियलाई स्वास्थ्य कार्यालय बागलुङका स्वास्थ्यकर्मीको टोलीले मनोवैज्ञानीक परामर्श प्रदान गरेको छ ।

कोरोना संक्रमणको पुष्टी भएकी युवतीका आफ्न्त र छिमेकीलाई मनोवैज्ञानीक रुपमा हौशला बढाउनको लागि कोरोना संक्रमित व्यक्तिको संशर्गमा आएकाहरुले अपनाउनुपर्ने सतर्कताका उपाय बताईएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।

बेल्जियमबाट चैत ४ गते काठमाडौ हुँदै बागलुङको कुँडुले आइपुगेकी युवतीलाई चैत १५ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

विदेशबाट फर्कदा कोरोना संक्रमणको लक्ष्यण नदेखिएपछि निर्धक्क गाउँ घुमेकी युवती २५ जनाभन्दा बढी व्यक्तिसंग प्रतक्ष भेटघाट गरेको पाईएको गुरौले जानकारी दिनुभयो । उहाँले युवतीले भेटघाट गरेका मध्ये १९ जनालाई प्रतक्ष भेट गरेको र गाउँमा नभेटिएकालाई फोनमार्फत सल्लाह सुझाव दिएको बताउनुभयो ।

युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि युवतीले भेटेका आफ्न्त र छिमेकीहरु मनोवैज्ञानीक रुपमा कमजोर भएको र आफुहरुलाई पनि संक्रमण भएको भन्दै आत्तिएकाले आफु सहित स्वास्थ्य कार्यालय बागलुङका कोल्ड चेन असिस्टेन्ट विरेन्द्र कुमार चौधरीले युवतीको गाउँमै पुगेर कोरोनाका लक्षण, माक्स लगाउँने तरिका, हातको सरसफाई गर्ने तरिकाको बारेमा बताउदै कोरोना संक्रमण हुदैमा मानिस मर्छन् भन्ने भ्रममात्र भएको भन्दै मनोवल उच्च बनाएर स्वास्थ्यको ख्याल राख्न आग्रह गरिएको गुरौले बताउनुभयो ।

उहाँहरुले युवतीसंग प्रतक्ष भेटघाट गरेका कसैलाई पनि अहिलेसम्म कोरोना संक्रमणको लक्षण नदेखिएको भन्दैं उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो । टोलीले गाउँमा कसैलाई पनि ज्वरो आउने, खोकी लाग्ने र स्वाश प्रश्वासमा समस्या देखिएमा तत्काल आफुहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । सोमबार धौलागिरी अञ्चल अस्पताल बागलुङका स्वास्थ्यकर्मीको टोलीले संक्रमण देखिएकी युवती, युवतीका परिवारका सदस्य, उनिसंगै आएका अन्य २ जना गरि १० जनाको स्वाब परिक्षणको लागि काठमाडौं पठाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *