प्रदेश स्वास्थ्य निर्देशनालयले भन्यो-‘हाम्रो ध्यान बागलुङ केन्द्रित छ’

तस्बिरः कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा ।

दिल शिरीष, बागलुङ

बागलुङ जिल्ला कोरोना संक्रमणको गण्डकी प्रदेशको ‘इपिसेन्टर’ बन्ने तिव्र जोखिम बढ्दै गए पछि प्रदेश स्वास्थ्य निर्देशनालयले बिभिन्न उपककरण र जनशक्ति बागलुङ केन्द्रित गर्न थालेको छ ।

तर, प्रदेशले संवेदनशिल जिल्लाको रुपमा लिएर कोरोना परीक्षण र उपचारका लागि पठाएका सामग्रीहरु अपुरो र तत्काल प्रयोगमा ल्याउन नमिल्ने खालको भएको धौलागिरी अञ्चल अस्पतालले गुनासो गरेको छ ।

प्रदेशबाट अस्पतालका लागि सोमवार पठाइएका स्वास्थ्य सामग्री मध्ये भेण्टिलेटर अस्पतालले लिन मानेन । भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले लिन इन्कार गरेको हो । यसअघि कोरोना संक्रमित किशोरीको पुष्टि भएसँगै स्वास्थ्यकर्मीका लागि पठाइएको ५ सेट पर्सनलल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) मध्ये तीन सेट प्रयोग गर्न नमिल्ने अवस्थाका थिए । कुनै सेटमा आइ सिल्ड, कुनैमा सेनिटाईजर र कुनैमा बुट नभएको पीपीई पठाइएको थियो । यद्यपी, धौलागिरी अस्पतालले आफै अरु सामाग्री थपेर प्रयोग गर्न मिल्ने बनाएको बताएको छ ।

अहिले पठाइएको भेण्टिेलटर व्याट्री, व्याकअप, हावा नाप्ने मिटर लगायत केही सामग्री अपूर्ण रहेकाले त्यसलाई अलग्गै राखिएको धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि पोखरेलले बताए । कोरोनाका बिरामीलाई श्वास प्रश्वासमा जुनसुकै बेला हुनसक्ने समस्याका लागि भेण्टिलेटरको आवश्यकता हुन्छ । सघन उपचार कक्ष (आईसियू) नभएकाले भेण्टिलेटरको प्रयोग पुर्ण नभएपनि यसले उपचारमा भने सघाउने पुग्ने डा. पोखरेलको भनाई छ । भेण्टिलेटरको अपुरो सामग्रीबारे अस्पतालले निर्देशनालयलाई जानकारी समेत गराईसकेको छ । निर्देशनालयले पठाएका २५ सेट पीपीई, ८ सेट भिटीएम, स्वाब संकलन किट, माक्स, सेनिटाईजर लगायतका सामग्री हस्तान्तरण गरेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले पनि भेण्टिलेटरमा केही अत्यावश्यक उपकरण छुट भएको स्वीकार गरे । ‘स्वास्थ्य बिभागबाट प्राप्त भेण्टिलेटर नै पठाइएको हो, यसमा जरुरी डिभाइस छुट भएकाले तत्काल पठाउने व्यवस्था मिलाइएको छ,’ निर्देशक शर्माले भने, ‘यो तत्काल भन्दा पनि संक्रमित कोशोरीको अहिले पहिलो स्टेज हो, भेण्टिलेटर तेस्रो स्टेजमा पुगेपछि प्रयोगका लागि हो, हामीले सामग्री र जनशक्ति व्यवस्थापनमा कुनै कसर बाँकी राख्दैनौ ।’ प्रदेशमा बागलुङ बढि जोखिमपूर्ण देखिएकाले जनशक्ति र उपकरण अहिलका लागि यहि केन्द्रित गरेको उनको भनाई छ ।

अपुरो पीपीईको बिषयमा पनि उनले तिन वटा क्याटोगारीको पीपीई आएको र शुरुवातमा कोरोना संक्रमितको उपचारका लागि नभई परीक्षणका लागि प्रयोग हुने पीपीई पठाएको बताए । एउटा सामान्य पीपीई फिवर क्लिनिक, अर्को नमुना संकलन र डेडिकेटेड अस्पतालमा बिशेष सुरक्षा सहितको पीपीई पठाइएको निर्देशक शर्मा बताउँछन् । कोरोना भाइरस नयाँ भएकाले कतिपय अनुभवजन्य कमजोरी समेत भइरहेको र यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *