कोरोना नियन्त्रणको लागि कालिका भगवती गुठीको पाँच लाख सहयोग

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले कोरोना संक्रमण र नियन्त्रणको लागि ५ लाख ५० हजार रुपैया बजेट विनियोजन गरेको छ ।

सरकारले भाइरस नियन्त्रणको लागि गरेको प्रयाशमा सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

समितिले सरकारले गठन गरेको कोरोना भाइरस नियन्त्रण कोषमा ३ लाख रुपैया, स्वाथ्य सामाग्री खरिदको लागि ८५ हजार रुपैया, बागलुङ नगर क्षेत्रको सरसफाईमा ५० हजार रुपैया, बागलुङ नगरपालिका संग समन्वय गरि श्रमिक तथा विपन्न परिवारलाई खाद्यन्न सहयोगको लागि १ लाख ५० हजार रुपैया छुटयाएको खड्काले बताउनुभयो ।

नेपालमा दिन प्रतिदिन बढदै गएको कोरोना प्रभावलाई न्यूनिकरण गर्नको लागि कालिका गुठीको सहयोगले सरकारलाई सहयोग पुग्ने अपेक्षा राखेर सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *