ढोरपाटनका मेयर नेपालीद्वारा ९ लाख घरभाडा छुटको घोषणा

आदर्श अनलाईन, बागलुङ

बागलुङको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले एक महिनाको घर भाडा छुटको घोषणा गरेका छन् ।

मेयर नेपाली र छेला नेपालीले आफुहरुको नाममा काठमाण्डौ, पोखरा र बागलुङको ढोरपाटन नगरपालिकामा रहेका घरहरुमा आफ्नो व्यवसाय सञ्चालन गरेका र घरभडामा बस्नेहरुको १ महिनाको घरभाडा छुट दिने घोषणा गरेक हुन् ।

बिभिन्न स्थानको व्यक्ति तथा पसल व्यवसाय गर्ने र कार्यालयका लागि दिएको घरभाडा बापतको ९ लाख ६५ हजार भाडाँ छुट गरेको मेयर नेपालीले आदर्श अनलाइनलाई बताए ।

कहाँ कसले कति भाडा छुट पाए ? हेर्नुहोस्

काठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा
–सानिमा बैंक – रु. ७०,०००।–
–अलकर्नेस मेनपावर– रु. ६५,०००।–
–आर.वि.फ्लोरीङ्ग एण्ड फर्नि्सिङ प्रा.लि.– रु. ७५,०००।–
–अर्जुन ईन्टर प्राईजेज (बजाज स्वरुम)– रु. ७५,०००।–
–भुषण रत्न ज्वयलर्स – रु. ४५,०००।–
–सुखद प्रभात सहकारी– रु. ५०,०००।–
–सविन के.सी. – रु. १५,००० ।–
–एस्टर फर्मा स्यूटीकल्स – रु. ५०,०००।–
–विजय राई – रु. २५,०००।–
–मिन बहादुर तामाङ – रु. १५,०००।–
पोखरा महानगरपालिका
–प्रमोद शाह (पृथ्वीचोक) –रु. १,००,०००।–
–टेस्टवाई सपिङ सेन्टर (सृजनाचोक) – रु. ६०,०००।–
– दिपक पौडेल (सृजनाचोक) – रु. ६०,०००।–
– विजय बोगटी (सृजनाचोक) – रु. ६०,०००।–
– शेर बहादुर गुरुङ (रत्नचोक) – रु. ३०,०००।–
– हरीमायाँ फगामी (रत्नचोक) – रु. १५,०००।–
– कमला खड्का (रत्नचोक) – रु. १५,०००।–
– शिला घर्ति मगर (रत्नचोक) – रु. ३०,०००।–
– याङ्गजेङ्ग (हेम्जा) – रु. ३०,०००।–
ढोरपाटन नगरपालिका, बुर्तिबाङ
– झक बहादुर शाही – रु. ५०,०००।–
– ईमेज सहकारी – रु. ३०,०००।–

यो पनि पढ्नुहोस्

ढोरपाटनका मेयर नेपालीद्वारा ९ लाख घरभाडा छुटको घोषणा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *