बागलुङका एम्बुलेन्स चालकलाई प्रशिक्षण सहित पीपीई दिइयो

आदर्श अनलाईन, बागलुङ ।
बागलुङका ८ जना सवारी चालकलाई कोरोना संक्रमणबाट जोगिएर सवारी चलाउनको लागि प्रशिक्षीत गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङले धौलागिरी अञ्चल अस्पताल र नेपाली सेनाको सहयोगमा जिल्लाका एम्बुलेन्सका चालकलाई कोरोना संक्रमण र सुरक्षाको बारेमा अभिमुखिकरण गरेको हो ।

जिल्लाका ७ जना एम्बुलेन्स चालक र १ जना स्वास्थ्य कार्यालय बागलुङका सवारी चालक गरि ८ जनालाई अभिमुखिकरण गरिएको स्वास्थ्य कार्यालय बागलुङका कोल्ड चेन असिस्टेन्ट विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

चालकहरुलाई कोरोना के हो, यसको संक्रमण कसरी हुन्छ, यसबाट बच्ने तरिका संगै पीपीई लगाउने, खोल्ने तरिकाको साथै पीपीईको महत्वको बारेमा सिकाईएको थियो ।

नेपाली सेनाका प्राविधिक उपसेनानी डाक्टर राधिका सापकोटा संगै उहाँको टिम र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले चालकहरुलाई प्रशिक्षीत गर्दै एम्बुलेन्सलाई संक्रमणबाट जोगाउनको लागि असंक्रामक औषधीको प्रयोग गर्ने तरिकाको बारेमा जानकारी गराउनुभएको थियो । विरामीलाई एम्बुलेन्समा राख्ने, एम्बुलेन्सबाट निकाल्ने तरिका सिकाउदै चालकहरुलाई एक–एक थान पीपीई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजु, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष के.बी राना, नेपाली सेनाका प्रमुख सेनानी मिलन ध्वज खाण र जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत धिरेन्द्र पन्तले बोल्नुभएको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *