बडिगाडमा भिरबाट लडेर एक जनाको मृत्यु

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको बडिगाड गाउँपालिका–४ का १६ वर्षीय विमल थापाको भिरबाट लडेर मृत्यु भएको छ ।

सोमबार दिउसो बडिगाडको लब्दीखोलाको भिरमा घाँस काट्न गएका थापा साँझ सम्म पनि घर नर्फकिएपछि आफ्न्तले खोजी गर्दा लब्दीखोला छेउमा घाइते अवस्थामा भेटिएका थिए ।

घाइते थापालाई आमा जमुना थापाले उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगेको भएपनि मंगलबार विहान उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरिक्षक राजेन्द्र भुजेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *