दुई संक्रमितको अवस्था बुझ्न मुख्यमन्त्री गुरुङ बागलुङमा

आदर्श अनलाइन,बागलुङ

जिल्लाका दुई संक्रमितको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ आएका छन् ।

बिहिवार मात्र टेलिफोन मार्फत पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मुख्यमन्त्री गुरुङ आज आफै अस्पताल आएका हुन् ।

उनले बिहीबार धौलागिरी अस्पतालको आइसोलेशन कक्षमा उपचाररत बागलुङ नगरपालिका ४ की १९ वर्षीया युवतीसँग टेलिफोनबाट स्वास्थ्य अवस्था र चिकित्सकले गर्ने हेरचाह लगायतका विषयमा जिज्ञासा राखेका थिए । किशोरीलाई डाक्टर हेर्न आउँछन् कि आउँदैनन् भन्ने प्रश्नमा नर्स आउने तर डाक्टर नआउने गरेको बताएकी थिइन् ।

त्यसको भोलीपल्टै मुख्यमन्त्री गुरुङ बागलुङ आएका हुन् । धौलागिरी अस्पतालमा बानपा ३ की अर्की ६५ वर्षीया महिला पनि उपचाररत छन् । संक्रमितको उपचारमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीले उनीहरुको अवस्थाका बारेमा जानकारी दिएका हाम्रा सहकर्मी सुवास गौतमले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *