बागलुङमा थप एक महिलामा पोजेटिभ आशंका,क्वारेन्टाइनमा राखियो

तस्बिरः जिल्लाको काठेखोलामा र्‍यापिड टेष्ट गर्ने क्रममा स्वास्थ्यकर्मी ।

दिल शिरीष,बागलुङ

पोजेटिभ देखिएका महिलासँग को-को थिए तिर्थ यात्रामा ?

दुई संक्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) मा पोजेटिभ देखिएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकामा आइतवार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक मात्र काठेखोला वडा नम्बर ६ बिहुँ इनारपानीकी एक ६५ बर्षीय महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टिकासंगम बिकले जानकारी दिए । र्‍यापिड टेष्टमा पोजेटिभ देखिए पछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टिनमा राखिएको छ । उनी केहि साता अघि मात्रै गाउँका अन्य सँग मिलेर भारतको तिर्थयात्रा गएर फर्किएकी थिइन् ।

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा या काठमाण्डौ पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए । ‘तीन दिनदेखि जारी र्‍यापिड टेष्टका क्रममा काठेखोलामा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको जानकारी आयो,’ प्रजिअ शैजुले भने,‘अब शंकास्पद महिला सहित उनको परिवार र सम्पर्ककमा भएकाहरुलाई क्वारेन्टिनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यस तर्फ पठाएका छौ ।’

यो पनि पढ्नुहोसः पोजेटिभ देखिएका महिलासँग को-को थिए तिर्थ यात्रामा ?

बागलुङमा दुई जना कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला उच्च जोखिमको सूचीमा छ । यसमा आइतवार भारतमा तिर्थ यात्रा गएर फर्किएका काठेखोला ६ की एक ६५ बर्षीया महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) आरडिटी टेष्ट गर्ने क्रममा पोजेटिभ देखिए पछि थप सशंकित तुल्याएको छ । यद्यपी, उनीसँग तिर्थ गएका परिवारका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

र्‍यापिड टेष्ट रिपोर्टमा पोजेटिभ आए पछि थप परीक्षणका लागि स्वाब संकलन गरेर पोखरा पठाउने तयारी छ । ती तिर्थ गएकी महिला सँग अरु को को गएका थिए त भारत ? अहिले चासो र खोजी हुन थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टका अनुसार उनीहरुको परिवार चार जना सहित जिल्लाकै अरु दुई जना, काठमाण्डौका ४, पर्वतको पाङका दुई जना रहेका छन् । उनीहरुलाई सम्पर्कमा लिने र क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताए ।

गण्डकी प्रदेशकै पोखराको गएको साता र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको एक जनाको थप परीक्षणमा नेगेटिभ आएको थियो । यसले तत्काल आत्तिहाल्नु पर्ने अवस्था नभए पनि उच्च सतर्कता भने अपनाउनु पर्ने देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्लामा आइतवार सम्ममा विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै ८५८ जनाको र्‍यापिड टेस्ट गरिएको छ । उनीहरुमध्ये ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *