ढोरपाटनकी गर्भवती महिलाको हेलिमार्फत निशुल्क उद्धार

सिर्जना पन्त, बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिका–१ की गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरि पोखरा पठाईएको छ ।

पाठेघर भन्दा बाहिर गर्भ बसी पाढेघरको नली फुटेको अवस्थामा सोमबार विहान ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याईएकी ३३ वर्षीया भिमा पाण्डेलाई हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाईएको डाक्टर मिलन मल्लले जानकारी दिनुभयो ।

हेलिमार्फत महिलाको उद्धार गरिदै । तस्बिरः डा.मिलन मल्ल

पाठेघरको नलि फुटी अधिक रक्तश्रवा भएकाले एम्बुलेन्समा बागलुङ लैजान खोजिएको भएपनि ज्यानै जोखिममा परेपछि बडिगाड गाउँपालिकाको कार्यालयबाट उद्धार गरि उनलाई पोखरा पठाईएको हो ।

साढे १ महिनाको गर्भ रहेकी पाण्डेलाई जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ अनुसार हेलीकप्टरबाट निशुल्क उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख गौलोचन शैजुले जानकारी दिनुभयो ।

कार्यविधी अनुसार लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमानै बच्चाको मृत्यु भएको, गर्भवस्थामा हात खुट्टा शरिर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्लपता भएका दुर्गम हिमाली र पहाडी ३४ जिल्लाका महिलालाई निशुल्क हवाई उद्धार गरिन्छ ।

यो कार्यविधीमा उल्लेख भए अनुसार गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाका गर्भवती तथा सुत्केरी महिलालाई सरकारले निशुल्क उद्धार गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *