हेलिकप्टरद्वारा पोखरा पुर्‍याएकी ढोरपाटनकी गर्भवती महिलाको निधन

आदर्श अनलाईन, बागलुङ

बागलुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–१ की गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिए पनि दुखद निधन भएको छ ।

घरमा कठिन भए पछि उपचारका लागि सोमवार विहान ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याईएकी ३३ बर्षीया भिमा पाण्डेको हेलिकप्टरबाट उद्धार गरी सोमवार दिउँसो गण्डकी अस्पताल पोखरा लगिएको थियो ।

साढे १ महिनाको गर्भावस्थामा रहेकी पाण्डेलाई हेलिकप्टर मार्फत अस्पताल पु¥याउदा साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए ।

पाठेघर भन्दा बाहिर गर्भ बसी पाठेघरको नली फुटेकाले रत्तश्राव नरोकिए पछि धौलागिरी अञ्चल अस्पताल बागलुङमा लैजान सुझाव दिइएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए । त्यस पश्चात थप उपचारका लागि एम्बुलेन्स मार्फत धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याउने क्रममा अत्यधिक रक्तश्राव भए पछि जिल्ला प्रशासन कार्यालयको पहलमा बडिगाड गाउँपालिकाको कार्यालय परिसरबाट हेलिकप्टरबाट उद्धार गरी पोखरा लगिएको थियो ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार गर्ने व्यवस्था अनुसार हेलिकप्टरबाट निशुल्क उद्धार गर्ने प्रयास असफल भएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख गौलोचन शैजुले जानकारी दिए ।

लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमानै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हात खुट्टा शरिर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्पता भएका दुर्गम हिमाली र पहाडी ३४ जिल्लाका महिलालाई निशुल्क हवाई उद्धार गरिने नेपाल सरकारले व्यवस्था गरेको छ । यस व्यवस्थाको कार्यविधीमा उल्लेख भए अनुसार गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाका गर्भवती तथा सुत्केरी महिलालाई सरकारले निशुल्क उद्धार गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *