चट्याङ लागेर काठेखोलाका तीन जना घाइते

आदर्श अनलाईन, बागलुङ ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा मंगलबार विहान ३ बजेको परेको चट्याङले लागेर ३ जना घाइते भएका छन् ।

रेशको कुँवर थरमा रहेको २४ वर्षीया पवित्रा कुँवरको घरमा परेको चट्याङले लागेर कुँवर सहित उहाँका ८८ वर्षीय ससुरा लाल बहादुर कुँवर र पवित्राका साडे २ वर्षका छोरा टिका कुँवर घाइते हुनुभएको हो ।

उहाँहरुको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी हेम केसीले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था समान्य रहेको छ । चट्याङले कुँवरको घरको ढोका र छानोमा पूर्ण रुपमा क्षती पुगेको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *