र्‍यापिड टेष्टले झस्काए पछि यस्तो छ काठेखोलाको तयारी

कोरोनाले भयग्रस्त छ देश । लकडाउनले करिब तीन साता यता मानिसहरु घरभित्रै उकुसमुकुस छन् । बागलुङ जिल्ला पनि दुई संक्रमितको पुष्टि भए सँगै कोरोनाको उच्च जोखिममा छ । त्यसमा हालै मात्र काठेखोला गाउँपालिकामा गरिएको र्‍यापिड टेष्टले सिंगो गाउँपालिका र जिल्लालाई झस्काएन मात्रै, थप त्रसित, चिन्तित र सोचनिय पनि बनाएको छ । अहिलेको अवस्थामा काठेखोला गाउँपालिको थप सर्तकता तयारी के कस्तो छ त ? यस बिषयमा गाउँपालिका अध्यक्ष अमर थापा र प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकसँग आदर्श अनलाइनकर्मी डम्मर बुढाले गरेको संक्षिप्त टेलिफोन संवादको सम्पादित अंशः

अमर थापा
अध्यक्ष

काठेखोला गाउँपालिका
सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्न क्रियाशिल छौ । यसका लागि वडा मार्फत टोल टोल सम्म कोरोना सचेतना र लकडाउन पालना गराउन जनप्रतिनिधि र कर्मचारीका साथै स्थानीयलाई पनि परिचालन गरेका छौ ।

कोरोनाको जोखिम कम गर्न गाउँपालिकाले चैत महिनामा विदेशबाट आएकाहरुको लगत संकलन गरेर उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाएका छौ । पहिलो चरणमा उनीहरुको र्‍यापिड  टेष्ट गरिरहेका छौँ । विदेशबाट आएका ५७ जनालाई गाउँपालिकाले निगरानीमा राखिरहेको छ । र्‍यापिड टेष्ट गर्न बाँकी रहेकाहरुलाई केही दिनमै परीक्षण गर्ने तयारी छ । केही दिन अगाडी वडा नम्बर ६ मा एक ६५ वर्षीय महिलामा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिए पछिको घटनाले हामीलाइ राम्रै सिकाई भएको छ । त्यसले गर्दा गाउँपालिकाबासी त्रसित भएका थिए । तत्कालै उनलाई गाउँपालिकाले निर्माण गरेको भिमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखियो । अर्को दिन स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनी सहित परिवारका सदस्यलाई घर पठाइएको छ । यद्यपी उनीहरु सबैलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको छ । पहिले गाउँ गाउँमा लकडाउनमा केही बेवास्ता भएको गुनासो थियो । अहिले त्यसमा कडाई गरेका छौ । अत्यावश्यकीय सवारी साधन सहित चालकको मनोवल र इच्छाशक्ति महत्वपूर्ण हुँदोरहेछ । त्यसका लागि पनि अलि व्यवस्थित हिसावले काम गर्छौ ।

सुरुमा कोभिड–१९ कोरोना भाइरसबाट बच्ने उपायहरु सहितको पर्चा छपाई आम काठेखोलाबासी जनतालाई वितरण तथा माईकिङ मार्फत प्रचार प्रसार गर्ने काम ग¥यौ । स्वास्थ्य संस्थाहरु शानिबार समेत २४ सै घण्टा खुल्ला गरि सेवा प्रदान गरिरहेका छौ । गाउँपालिकाको सबै स्वास्थ्य चौकीमा आवश्यक औषधी लगायत अन्य स्वास्थ्य सामग्री पु¥याएका छौ । स्वास्थ्यकर्मीको मनोबल बढाउन स्वास्थ्य संस्थाहरुमा प्रत्यक्ष स्वंयम् म आफै पुगी नियमित रुपमा उहाँहरुलाई हौसला, प्रोत्साहन गर्दै हौसला स्वरुप स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई व्यवस्था र प्रोत्साहन भत्ताको समेत ब्यवस्था गरेका छौ । यो समयमा गरिब तथा मजदुरहरु समस्यामा परेको भन्दै गाउँपालिकाले उनीहरुको पहिचान गरि राहत वितरण समेत गरेको छ । दैनिक मजदुरी गरेर खाने, विपन्न, असहाय, गरिब नागरिक ७ सय ६७ जनालाई गाउँपालिकाले राहत वितरण गरेको छ ।

खिमबहादुर बिक
प्रमुख प्रशासकीय अधिकृत

काठेखोला गाउँपालिका
गाउँपालिकाले कोरोना रोकथाम तथा न्यूनिकरण गर्नको लागि लकडाउनलाई प्रभावकारी बनाएका छौ । लकडाउनलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन सहयोग समिति गठन र वडा वडामा अनुगमन समिति गठन गरिएको छ । लकडाउन बीचमा अलिकति फितलो भएको भन्दै अहिले पूर्ण रुपमा प्रभावकारी बनाइएको छ । गाउँपालिकाका धेरै नागरिकहरु बजार बस्ने हुँदा लकडाउन सुरु भएपछि उनीहरु घर फर्कन थालकाले केहि फितलो देखिए पनि अहिले लकडाउनलाई प्रभावकारी बनाइएको छ । वडा वडामा अनुमगन टोलीले दैनिक त्यसको निरीक्षण गरिरहेको छ । वडा स्तरमा वडा अध्यक्षको नेतृत्वमा जोखिम रोकथामको लागि सक्रियता बढाइएको छ । गाउँपालिकाका ८ वटै वडामा अत्यावश्यकीय बाहेक सार्वजनिक नीजि सबै सवारी साधन ठप्प छन् । गाउँपालिकाको विभिन्न वडाहरुमा मध्य पहाडी लोकमार्ग रहेको हुँदा यात्रा गर्नेहरुमा पनि निगरानी राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *