लकडाउन चिन्ता:क्षण-क्षणमा विद्युत अवरुद्ध,बागलुङबासी आजित

डम्मर बुढा मगर, बागलुङ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश लकडाउन भएको छ । यो समयमा अधिकांश नागरिकहरु घरमै कैद छन् ।

घरमा बस्दा आम नागरिकले मोबाइल, कम्प्युटर, टेलिभिजनमा आफुलाई व्यस्त बनाइरहेका छन् । तर, यही बेलामा बागलुङमा कोरोना, लकडाउनका अतिरिक्त चिन्ता दैनिक पटक पटक बिद्युत अवरुद्ध हुने कारण पनि थपिएको छ ।

पछिल्लो केहि दित यता दैनिक १५/२० पटक लाइन आउने जाने गरेको छ । यसले गर्दा सेवाग्राही आजित बन्न थालेका छन् । बिना जानकारी क्षण क्षणमै लाइन जान थालेको लामो समय भइसक्दा पनि यसको बारेमा पहल र चासो नदेखिएको व्यवसायी टेकबहादुर केसीले बताउनुभयो । ‘अरु क्षेत्रमा यस्तो काममा पहल र जस लिने होडबाजी हुन्छ,’ केसीले भन्नुभयो,‘यसमा के कति कारणले गइरहेको छ, यो समस्या समाधानमा पनि तत्काल पहलकदमी होस्, लकडाउनमा लाइन पटक पटक जाँदा नागरिकलाई झन् सास्ती थपिदिएको छ ।’

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख प्रमुख शिव नारायण गोसलीले हावाहुरीले गर्दा विद्युतमा दैनिक समस्या आइरहेको बताउनुभयो । ‘यो हावा हुरी चल्ने समय हो, हावाहुरीले गर्दा विद्युतमा समस्या आएको छ,’ उहाँले भन्नुभयो ‘यसको व्यवस्थापन हामीहरुले गरिरहेका छौँ ।’ प्रमुख गोसलीले प्रसारण लाइनको विभिन्न स्थानहरुमा चट्याङले गर्दा ट्रान्सफर्मरमा समेत असर पुगेका कारण अर्को परिवर्तन गर्ने क्रममा पनि विद्युत अवरुद्ध हुने गरेको बताउनुभयो । यस बाहेकको परिस्थितिमा लाइन नजाने उहाँको दावी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *