सुखद खबरःकोरोना संक्रमित बागलुङकी महिलाको रिपोर्ट नेगेटिभ

दिल शिरीष, बागलुङ

जिल्लाको दोस्रो तथा नेपालको छैठौ कोरोना संक्रमित ६५ बर्षीया महिलाको तेस्रो स्वाब परीक्षणमा संक्रमण नभएको पाइएको छ ।

कोरोना संक्रमण भए पछि पोखरामा आज बिहिवार तेस्रो पटक गरिएको परीक्षणमा बागलुङ नगरपालिका ३ गौडाकोटकी महिलामा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले जानकारी दिए । ती महिलाको यसअघि गरिएको दोस्रो स्वाब भने पोजेटिभ आएको थियो ।

अब भोली पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ । चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने डा.पोखरेलले जानकारी दिए । नेपालको पाचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ बर्षीया युवतिको भने चौथो रिपोर्ट पनि पोजेटिभ आएको छ । उनको पनि पुनः स्वाब परीक्षणका लागि पठाइने डा.पोखरेलले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *