लकडाउन उपयोगः म्याग्दीका युवा हावाबाटै बिजुली निकाल्न सफल

शिव आचार्य, म्याग्दी

जिल्लाको बेनी बजारका एक युवाले हावाबाट विजुली निकालेका छन् ।

बेनीको बैंकरोडमा रहेको म्याग्दी उर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक दुर्गा श्रेष्ठले १० वटा बल्भ बाल्न मिल्ने विद्युत हावाबाट निकाल्ने गरी परीक्षण समेत सफल भएको छ ।

लकडाउनका समयमा फुर्सद भएकाले नयाँ प्रविधि सिकौं भनेर प्रयास गरेको उहाँको भनाई छ। आफू सँग भएको सीप र सामग्रीको सदुपयोग गरेर विजुली निकालेको श्रेष्ठले बताउनुभयो ।

पर्यटकीय स्थल लभ्लीहिलमा जडान गर्ने सोच भएको उहाँको भनाई छ । हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले लभ्लीहिलमा लगेर जडान गर्ने उहाँको भनाई छ ।

साँझको समयमा लभ्लिहिलमा हावाबाट निकालेको विजुलीले झिलीमिली पार्ने उहाँको सोचाई छ । यसका साथै लभ्लीहिलमा मोवाइल चार्ज स्टेशन बनाउने उहाँको भनाई छ । तिन दिन लागेर उक्त प्रविधिको विकास गरेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *